९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी
REUTERS/Ronen Zvulun
अ अ+ अ-

गाजा पट्टी । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको छ ।

हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ ।

बदलामा इजरायलले हमासबिरूद्ध चलाएको कारबाहीमा गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ भने करिब १८ हजार जनाको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले गाजा पट्टीमा गरेको आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको र इजरायली सेनाले गाजाबाट इजरायलतर्फ रकेट प्रहार गरेको मन्त्रालयले सोमबार जनाएको छ ।

एएफपी संवाददाताका अनुसार इजरायलले सोमबार मुख्य दक्षिणी शहर खान युनिसमा आक्रमण गरेको छ भने प्यालेस्टाइनी लडाकू इस्लामिक जिहादले इजरायली सेनाले सुरुङको खाडल खोजी गरिरहेको एउटा घरलाई विस्फोट गराएको बताएको छ ।

हमासले आइतबार चेतावनी दिँदै भनेको छ, “इजरायलले आफ्ना कैदीहरूलाई आदानप्रदान र वार्ता बिना जीवितै प्राप्त गर्ने सम्भावना रहने छैन ।”

इजरायलले गाजामा अझै पनि १३७ जना बन्धक रहेको बताएको छ भने अधिकारकर्मीहरूले करिब सात हजार प्यालेस्टिनी इजरायली जेलमा रहेको बताएका छन् ।

महिनौँदेखिको भीषण बमबारी र झडपका कारण गाजाको स्वास्थ्य प्रणालीमा व्यापक प्रभावपरेको छ । अधिकांश अस्पतालहरू सञ्चालनमा छैनन् र करिब २० लाख मानिस विस्थापित भएका छन् ।

गाजा शहरको अल–शिफा अस्पतालको बमबारी गरिएको भग्नावशेषको भ्रमण गरेको थियो र गत महिना इजरायली सेनाले बमबारी गरेको गाजा शहरको अल–शिफा अस्पतालमा छापा मारेपछि कम्तीमा ३० हजार मानिसहरू भग्नावशेष वरपरका क्षेत्रमा एकत्रित भएका छन् ।

“हाम्रो जीवन जीवित नरक भएको र प्यालेष्टिनीहरू बिजुली, पानी, खाद्यान्न र औषधिविहिन बनेको छ,” ३८ वर्षीय मोहम्मद दलौलले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख जनसंख्यामध्ये १९ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन्।

इजरायलले मानिसहरूलाई दक्षिणमा शरण लिन आग्रह गरेको छ ।

मानवीय सहयोगका लागि समन्वय गरिरहेका संस्थाहरूले इजरायललाई द्वन्द्वमा नागरिकहरूको अधिक सुरक्षाको लागि दबाब दिइरहेका छन् ।

गैरलडाकूको मृत्यु कम गर्न इजरायली सेनाले प्रयोग गरेको म्यापिङ सफ्टवेयरलाई अपर्याप्त भन्दै प्यालेस्टाइनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक लिन हेस्टिङ्सले आइतबार निन्दा गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “कुनै पनि शक्तिले एकतर्फी रूपमा पूर्वाधार, खाद्यान्न, पानी, स्वास्थ्य सेवा वा सरसफाइ नभएको जमिनलाई ‘सुरक्षित क्षेत्र’ भनेर घोषणा गर्नुको अर्थ उनीहरू सुरक्षित छन् भन्ने होइन ।”

संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय ९ओसीएचए० का अनुसार गाजाका ३६ अस्पतालमध्ये १४ वटा मात्र पूर्ण क्षमतामा सञ्चालनमा छन् ।

हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ ।

बदलामा इजरायलले गाजापट्टीका क्षेत्रमा गरेको आक्रमणमा अधिकांश भाग भग्नावशेषमा परिणत हुनुका साथै करिब १८ जनाको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस