२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै रकम ठगि गर्ने धनकुटा चौबिसे वडा नं. १ घर भई हाल काठमाडौँ बाफल बस्ने ३४ बर्षका लक्ष्मण श्रेष्ठ पक्राउ परेका हुन् ।

विवेक पाठकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भन्दै पटक पटक गरी एक लाख पन्चानब्बे हजार रुपैयाँ ठगि गरेर फरार रहेका श्रेष्ठलाई प्रहरीले नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

श्रेष्ठ उपर थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।