२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन तलमाथि हुँदैन, पुरै कार्यकाल जान्छ: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन पुरै कार्यकालसम्म टिक्ने बताउनुभएको छ ।

सोमबार प्रेस सेन्टर नेपालले परिसडाँडामा गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आफू प्रधानमन्त्री भएलगत्तै सत्ता गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भएको बताउदै उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री भएको भोलिपल्ट देखि नै गठबन्धन सरकारबारे विभिन्न टिकाटिप्णी हुँदै आएको हो । म प्रधानमन्त्री भएको पनि एकवर्ष पुग्न लाग्यो । सत्ता गठबन्धन दलहरूबिच एक वर्षको समीक्षा गर्दै अर्को वर्षको तयारी गर्छौं । केही हुनेवाला छैन । यो गठबन्धन पुरै अवधि जान्छ’।

उहाँले सरकारको काम कारबाहीबारे गठबन्धनको बैठक बसेर तय गर्ने बताउनुभयो ।