• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

संसद सचिवालयका महासचिव भरत गौतमद्वारा राजीनामा



काठमाडौं । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । गौतमको कार्यकाल आगामी भदौमा सकिँदैछ । गौतमले आइतबार साँझ राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

राजीनामाको कारण खुलाईएको छैन । उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेको बताइएको छ ।