• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

जेभियर माईलीद्वारा अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण



एजेन्सी । उदारवादी राजनीतिज्ञ तथा अर्थशास्त्री जेभियर माईलीले अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको छ ।

देशको राजधानी ब्युनस आयर्समा आईतवार आयोजित एक समारोहमा उहाँले अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो ।

राज्यका नि:वर्तमान प्रमुख अल्बर्टो फर्नान्डेजले राष्ट्रपतिको पदभार हस्तान्तरण गर्दै माईलीलाई नेतृत्वको लागि बधाइ दिनुभयो । माईलीको कार्यकाल (डिसेम्बर १०, २०२७ सम्म) चार वर्षसम्म रहनेछ । भिक्टोरिया भिल्लारुएलले उपाध्यक्षको रूपमा शपथ ग्रहण गर्नुभयो ।