४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

डा.पिया दम्पत्तिबाट क्यान्सरमा तीन लाख राशीको पुरस्कार स्थापना: पहिलोपल्ट ९ जना पुरस्कृत

डा.पिया दम्पत्तिबाट क्यान्सरमा तीन लाख राशीको पुरस्कार स्थापना: पहिलोपल्ट ९ जना पुरस्कृत
अ+ अ-

काठमाण्डौ । वरिष्ठ क्यान्सर तथा छातीरोग विशेषज्ञ डा. मदनकुमार पिया र उहाँकी धर्मपत्नि ईला पियाको नाउँबाट तीन लाख रुपैयाँ राशीसहितको ‘डा.मदन—ईला पिया क्यान्सर पुरस्कार’ स्थापना गरिएको छ ।

क्यान्सरको उपचारमा सकृय रहेका चिकित्सक र नर्स तथा उनीहरुले क्यानसर रोग र उपचारबारे गरेको अध्ययन, शोध/अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलनमा प्रस्तुत गरेका कार्यपत्रको आधारमा उत्कृष्ट भएकाहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले नीजि क्षेत्रबाट स्थापना गरिएको यो नै क्यान्सरको पहिलो पुरस्कार हो ।

सार्क मुलुकका क्यान्सर विशेषज्ञहरुको महासंघ ‘सार्क क्यान्सर फेडरेशन’ अन्तर्गत स्थापित ‘सार्क क्यान्सर फेडरेशन—नेपाल’ शाखा (एस.एफ.ओ.—एन.) मार्फत हरेक वर्ष प्रदान गरिने गरि सो पुरस्कार स्थापना गरिएको पुरस्कारका संस्थापक डा.मदनकुमार पियाले बताउनुभयो ।

स्थापित पुरस्कार कोषबाट क्यान्सरबारे नयाँ अनुसन्धान गर्नेलाई अनुसन्धानवृत्तिको रुपमा एकलाख पचास हजार रुपैयाँ र पुरस्कारका लागि एकलाख पचास हजार छुट्टयाईएको पनि पुरस्कार कोषका संस्थापक डा.पियाले बताउनुभयो ।

क्यान्सरको पहिलो पुरस्कार र अनुसन्धानवृत्तिको रुपमा स्थापित सो पुरस्कार पहिलोपल्ट गएको शुक्रबार ६ जना क्यान्सररोग विशेषज्ञ र ३ जना नर्सलाई प्रदान गरिएको छ ।

राजधानीको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित ‘सार्क फेडरेशन अफ अन्कोलोजिष्ट’ को अठारौं र ‘सार्क फेडेरेशन अफ अन्कोलोजिष्टको नेपालको छैठौं सम्मेलनका अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत र क्यान्सर केयर नेपालकी मानार्थ अध्यक्ष नायीका मनिषा कोइरालाले सो पुरस्कार प्रदान गर्नुभएको हो ।

पहिलोपल्ट १५ हजार राशी सहितको ‘डा.मदन—ईला पिया क्यान्सर पुरस्कार’ ३ जनालाई, १० हजार राशीको पुरस्कार ३ जना र ५ हजार राशीको पुरस्कार तीन जनालाई प्रदान गरिएको हो ।

पुरस्कृत हुने चिकित्सकहरुमा न्याम्सका डा.ज्यास्मिन गुरुङ्ग, भक्तपुर क्यान्सर अस्पतालका डा.दिप लामिछाने, बंगलादेशका डा.रफि रियाजुल हसन, राजीव गान्धी क्यान्सर इन्स्टिच्युट, भारतका डा.सौहाद्र लोहनी, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डा.आदित्य जलान र एम्स भारतका डा.कनवालजित गर्ग छन् ।

यसैगरि पुरस्कृत हुने तीनजना नर्सहरुमा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी सोनाली प्रिया, सोही अस्पतालकी प्रेचन थपलिया र त्रिविवि शिक्षण अस्पतालकी सुचित्रा न्यौपाने छन् ।

तीन लाख रुपैयाँको कोषमा बाँकी रहेको रकम भने क्यान्सररोगको उपचार र नयाँ विधिबारे अनुसन्धान या शोध गर्ने चिकित्सक र नर्सलाई प्रदान गरिने कोषका संस्थापक डा.पियाले बताउनुभयो ।

सो पुरस्कार हरेक वर्ष ‘सार्क फेडरेशन अफ अन्कोलोजिष्टको नेपाल शाखाको सम्मेलनमा प्रदान गरिने सम्मेलनको वैज्ञानिक सत्रकी अध्यक्ष डा.सन्ध्या चापागाईले बताउनुभयो ।

२२ वर्षअघि सन् २००१ मा स्थापित सार्क मुलुकहरुका क्यान्सर विशेषज्ञहरुको साझा संस्था ‘सार्क फेडरेशन अफ अन्कोलोजिष्ट’ तथा ‘सार्क फेडरेशन अफ अन्कोलोजिष्टको नेपाल शाखाका’ संस्थापक अध्यक्ष डा.पिया हाल ती दुबै संस्थाको संरक्षक हुनुहुन्छ ।

पुरस्कारका संस्थापक डा.पिया भक्तपुर क्यान्सर अस्पतालका संस्थापक मेडिकल निर्देशक, काठमाण्डौ अस्पतालका मेडिकल निर्देशक रहिसक्नुभएको छ भने उहाँ हाल नेशनल क्यान्सर अस्पताल जाउलाखेलका कार्यकारी अध्यक्ष तथा मेडिकल निर्देशक, क्यान्सर केयर नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

बंगलादेशबाट एमबिबिएस र संयुक्त राज्य अमेरिकाको डेन्भर, कोलाराडोस्थित युनिभर्सिटी हेल्थ साइन्सेज सेन्टरबाट सन् १९८८ मा क्यान्सरबारे एकवर्षे पढाई सकेर नेपाल फर्किनुभएका डा.पियाले त्यो बेलादेखि नेपालमा क्यान्सर उपचारको क्षेत्रमा अनवरतरुपमा काम गर्दै आउनुभएको छ ।

आइतबार काठमाण्डौमा आयोजित १८औं ‘सार्क फेडरेशन अफ अन्कोलोजिष्ट’ र छैठौं ‘सार्क फेडेरेशन अफ अन्कोलोजिष्ट— नेपालको सम्मेलनमा नेपाल लगायत पाकिस्तान, भारत, बंगलादेश, अमेरिका, हङ्गकङ्ग लगायतका मुलुकबाट ३५० जना चिकित्सक र नर्सहरु सहभागी थिए ।