५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग: ललितपुर सिटी शिर्ष स्थानमा



अ+ अ-

काठमाडौं । ललितपुर सिटी एफसी आईतवार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग(एनएसएल) को शिर्ष स्थानमा पुगेको छ ।

अपराजित टोली ललितपुरले आफ्नो पाँचौं खेलमा दशरथ रंगशालामा एफसी चितवनलाई हराएपछि दोस्रो जित निकाल्दै जारी दोस्रो सिजनको शिर्ष स्थानमा उक्लिएको हो ।

ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे । समान पाँच खेलमा ललितपुर दुई जित र तीन बराबरीसहित ९ अंक बटुल्यो । चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौं स्थानमा झर्‍यो । काठमाडौं रेजर्सको पनि समान पाँच अंक भए पनि गोलअन्तरको पाँचौं स्थानमा छ ।

त्यसअघि खेलको पहिलो अवसर ललितपुरले १३ औं मिनेटमा सिर्जना गर्‍यो । दिनेश हेन्जनले ड्रिब्लिङ गर्दै पेनाल्टीक्षेत्रबाट गरेको सट एफसी चितवनका विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । दुई मिनेटपछि नै सनिष श्रेष्ठले उत्कृष्ट क्रस गर्दै ललितपुरका लागि अवसर सिर्जना गरे पनि पेनाल्टी क्षेत्रमा रहेका पापा केबेले भेट्टाउन सकेनन् । केबेले १७ औं मिनेटमा पनि अवसर खेर फाले । निखिल कदमले चितवनका अन्तिम डिफेन्डर बिट गर्दै उपलब्ध गराएको पासमा उनी विशालसँग वान भर्सेस वानमा चुके । त्यसको दुई मिनेटपछि भने केबेले अवसर सदुपयोग गरे ।

दिनेश हेन्जनको फ्लिक पासलाई उनले वान टचमार्फत गोलमा परिणत गराए । चितवनले २९औं मिनेटमा पहिलो अवसर बनायो । विमल घर्तीगरले १२ यार्डबाट गरेको सट लतिलपुरका गोलकिपर जेफ्री विली मार्सेल पन्च गर्दै बाहिर पठाए । चितवनले ३१औं मिनेटमा गरेको अर्को आक्रमणमा जेफ्री विली नै बाधक बने । रफिक अमिनुले ललितपुरका चार खेलाडी छक्याउँदै पेनाल्टी क्षेत्रबाट गरेको सट जेफ्री विलीले बचाउ गरेका हुन् । लतिलपुरले ४१औं मिनेममा काउन्टर अट्याकमा २० यार्डबाट फ्रिकिक सिर्जना गरे पनि सदुपयोग गर्न सकेन ।

पहिलो हाफको थप समयमा ललितपुरले कर्नर प्रहार आक्रमण बनाए पनि चितवनका गोलकिपर विशालले उत्कृष्ट बचाउ गर्दै संकट टारे । पहिलो हाफमा ललितपुरले १–० को अग्रता लियो । ४९औं मिनेटमा इमोन इकिजिलको करिब १० यार्डबाट हेडर चितवनका गोलकिपर विशालले बचाउ गरे । सेसेहाङ आङदेम्बेको पासमा उनको हेडर सफल हुन सकेन । ५७औं मिनेटमा ललितपुरले अग्रता दोब्बर पारे । विवेक पौडेलले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गरे । चितवनका डिफेन्डर एबमुबारिक युसिफले हेडर मार्फत क्लियर गरेको बल नियन्त्रणमा लिँदै विवेक गोल गरेका हुन् ।

चितवनका लागि ६४ औं मिनेटमा एफ्रिई एक्वाहले ३५ यार्डबाट गरेको फ्रिकिक माथिल्लो बार हुँदै बाहिरियो । चितवनको अर्को आक्रमण पनि सफल भएन । तोरिक जेब्रिनले ड्रिब्लिङ गर्दै पेनाल्टी बक्सभित्रबाट गरेको सट ओमलाजा करिमको खुट्टामा डिफ्लेक्ट हुँदै माथिल्लो बारबाट बाहिरिन पुग्यो । ८९औं मिनेटमा रफिक अमिनुले गोल गर्दै चितवनलाई खेलमा फर्काए । विमल घर्तिमगरको पासमा उनले ललितपुरका तीन डिफेन्डरलाई छक्याउँदै गोल गरे ।

इन्जुरी समयको पहिलो मिनेटमा नै पेनाल्टी मार्फत ललितपुरले अग्रता बढाउने अवसर पायो । उत्सव राईले पेनाल्टी क्षेत्रमा आदित्य शाक्य लडाएपछि ललितपुरले पेनाल्टी पाएको हो । केबेले सो अवसर सदुपयोग गर्दै ललितपुरलाई ३–१ ले अग्रता दिलाए । ललितपुर र चितवनको समान एक आक्रमण माथिल्लो बारमा लागेर फर्किंदा थप गोल हुन सकेन । यससँगै ललितपुरले दोस्रो जितसहित शिर्ष स्थानमा पुग्यो ।