१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नेपाल सुपर लिग: ललितपुर सिटी शिर्ष स्थानमा

नेपाल सुपर लिग: ललितपुर सिटी शिर्ष स्थानमा
अ अ+ अ-

काठमाडौं । ललितपुर सिटी एफसी आईतवार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग(एनएसएल) को शिर्ष स्थानमा पुगेको छ ।

अपराजित टोली ललितपुरले आफ्नो पाँचौं खेलमा दशरथ रंगशालामा एफसी चितवनलाई हराएपछि दोस्रो जित निकाल्दै जारी दोस्रो सिजनको शिर्ष स्थानमा उक्लिएको हो ।

ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे । समान पाँच खेलमा ललितपुर दुई जित र तीन बराबरीसहित ९ अंक बटुल्यो । चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौं स्थानमा झर्‍यो । काठमाडौं रेजर्सको पनि समान पाँच अंक भए पनि गोलअन्तरको पाँचौं स्थानमा छ ।

त्यसअघि खेलको पहिलो अवसर ललितपुरले १३ औं मिनेटमा सिर्जना गर्‍यो । दिनेश हेन्जनले ड्रिब्लिङ गर्दै पेनाल्टीक्षेत्रबाट गरेको सट एफसी चितवनका विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । दुई मिनेटपछि नै सनिष श्रेष्ठले उत्कृष्ट क्रस गर्दै ललितपुरका लागि अवसर सिर्जना गरे पनि पेनाल्टी क्षेत्रमा रहेका पापा केबेले भेट्टाउन सकेनन् । केबेले १७ औं मिनेटमा पनि अवसर खेर फाले । निखिल कदमले चितवनका अन्तिम डिफेन्डर बिट गर्दै उपलब्ध गराएको पासमा उनी विशालसँग वान भर्सेस वानमा चुके । त्यसको दुई मिनेटपछि भने केबेले अवसर सदुपयोग गरे ।

दिनेश हेन्जनको फ्लिक पासलाई उनले वान टचमार्फत गोलमा परिणत गराए । चितवनले २९औं मिनेटमा पहिलो अवसर बनायो । विमल घर्तीगरले १२ यार्डबाट गरेको सट लतिलपुरका गोलकिपर जेफ्री विली मार्सेल पन्च गर्दै बाहिर पठाए । चितवनले ३१औं मिनेटमा गरेको अर्को आक्रमणमा जेफ्री विली नै बाधक बने । रफिक अमिनुले ललितपुरका चार खेलाडी छक्याउँदै पेनाल्टी क्षेत्रबाट गरेको सट जेफ्री विलीले बचाउ गरेका हुन् । लतिलपुरले ४१औं मिनेममा काउन्टर अट्याकमा २० यार्डबाट फ्रिकिक सिर्जना गरे पनि सदुपयोग गर्न सकेन ।

पहिलो हाफको थप समयमा ललितपुरले कर्नर प्रहार आक्रमण बनाए पनि चितवनका गोलकिपर विशालले उत्कृष्ट बचाउ गर्दै संकट टारे । पहिलो हाफमा ललितपुरले १–० को अग्रता लियो । ४९औं मिनेटमा इमोन इकिजिलको करिब १० यार्डबाट हेडर चितवनका गोलकिपर विशालले बचाउ गरे । सेसेहाङ आङदेम्बेको पासमा उनको हेडर सफल हुन सकेन । ५७औं मिनेटमा ललितपुरले अग्रता दोब्बर पारे । विवेक पौडेलले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गरे । चितवनका डिफेन्डर एबमुबारिक युसिफले हेडर मार्फत क्लियर गरेको बल नियन्त्रणमा लिँदै विवेक गोल गरेका हुन् ।

चितवनका लागि ६४ औं मिनेटमा एफ्रिई एक्वाहले ३५ यार्डबाट गरेको फ्रिकिक माथिल्लो बार हुँदै बाहिरियो । चितवनको अर्को आक्रमण पनि सफल भएन । तोरिक जेब्रिनले ड्रिब्लिङ गर्दै पेनाल्टी बक्सभित्रबाट गरेको सट ओमलाजा करिमको खुट्टामा डिफ्लेक्ट हुँदै माथिल्लो बारबाट बाहिरिन पुग्यो । ८९औं मिनेटमा रफिक अमिनुले गोल गर्दै चितवनलाई खेलमा फर्काए । विमल घर्तिमगरको पासमा उनले ललितपुरका तीन डिफेन्डरलाई छक्याउँदै गोल गरे ।

इन्जुरी समयको पहिलो मिनेटमा नै पेनाल्टी मार्फत ललितपुरले अग्रता बढाउने अवसर पायो । उत्सव राईले पेनाल्टी क्षेत्रमा आदित्य शाक्य लडाएपछि ललितपुरले पेनाल्टी पाएको हो । केबेले सो अवसर सदुपयोग गर्दै ललितपुरलाई ३–१ ले अग्रता दिलाए । ललितपुर र चितवनको समान एक आक्रमण माथिल्लो बारमा लागेर फर्किंदा थप गोल हुन सकेन । यससँगै ललितपुरले दोस्रो जितसहित शिर्ष स्थानमा पुग्यो ।