२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा केन्द्रिय समिति बैठक जारी, राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

आईतवार काठमाडौंमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने भएको हो । संगठनलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा पनि बैठकमा प्रश्ताव प्रश्तुत गरिएको छ । साथै बैठकमा पार्टीको विधान पुनरावलोकन गर्ने र पार्टीका आन्तरिक गतिविधिका लागि प्रश्ताव आएको पार्टीका महासचिव केशव झाले बताउनु भयो ।

उहाँले बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने बताउनु भयो । उहाँले पार्टीको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रिय समितिमा स्थापनाकालदेखिका नेताहरुको नाम नराखिएकोप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिको बैठकमा खास गरेर राष्ट्रिय सभाको निर्वाचनलाई लिएर केन्द्रिय समितिको निर्णय दिनुपर्ने भएकाले यो बैठक बसेको हो । राष्ट्रिय सभाको निर्वाचनमा भाग लिनलाई केन्द्रिय समितिबाट निर्णय गर्नुपर्ने छ । संगठनलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा केही प्रश्ताव प्रश्तुत भएको छ । पार्टीको विधान पुनरावलोकन गर्ने सन्दर्भमा पार्टीका आन्तरिक गतिविधिका लागि प्रश्ताव आएका छन् । संगठन सुदृढिकरणका लागि पनि प्रश्ताव आएका छन् । वरिष्ठ नेता राजेन्द्र महतोले बैठक बहिष्कार गर्नुभएको छ । उहाँलाई आउनुअघि पनि आग्रह गर्दा यसअघि पदाधिकारी समितिको बैठक भयो त्यसमा आफ्ना कुरा राखेको थिएँ, जसअन्तर्गत उहाँसँग ३५ वर्षदेखि स्थापनाकालदेखिका नेताहरुको नाम केन्द्रिय समितिमा छोडियो । त्यसकारण तत्काल सम्बोधन गर्नुपर्छ भनेको थिएँ, सम्बोधन गर्छु भन्नुभएको थियो, तर भएन र बैठक बोलाउनुभयो, म त्यसैकारणले बैठकमा नआएको भन्नुभएको छ ।’

महासचिव झाले ३५ वर्षदेखिका सहकर्मीहरुलाई केन्द्रिय सदस्यमा राख्नुपर्ने प्रश्ताव आफूले गर्दा पार्टी अध्यक्ष महन्थ ठाकुरले बेवास्ता गरी बैठक बोलाएपछि आफू बैठकमा आउन नसकेको जानकारीवरिष्ठ नेता महतोले गराएको पनि बताउनु भयो ।