७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार फेरि बस्नेगरी सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीचको वार्ता सकियो



अ+ अ-

काठमाडौं । सरकार र विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारीसभा, थारुहटरथारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता सम्पन्न भएको छ ।

थरुहट संघर्ष समिति र सरकारी टोलीबीच गृह मन्त्रालयमा भएको पहिलो चरणको वार्ता सकिएको हो । मंगलबार भएको वार्ता एजेण्डामा प्रवेश गराएर टुंगाइएको छ । 

दोस्रो चरणको वार्ता बिहीबार फेरि बस्ने गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । 

थरुहट संघर्ष समितिसँग वार्ता गर्न सोमबार गृहमन्त्री थापाको अध्यक्षतामा समिति गठन भएको थियो। 

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य थिए । यस्तै,  थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य थिए ।