११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार फेरि बस्नेगरी सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीचको वार्ता सकियो



अ+ अ-

काठमाडौं । सरकार र विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारीसभा, थारुहटरथारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता सम्पन्न भएको छ ।

थरुहट संघर्ष समिति र सरकारी टोलीबीच गृह मन्त्रालयमा भएको पहिलो चरणको वार्ता सकिएको हो । मंगलबार भएको वार्ता एजेण्डामा प्रवेश गराएर टुंगाइएको छ । 

दोस्रो चरणको वार्ता बिहीबार फेरि बस्ने गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । 

थरुहट संघर्ष समितिसँग वार्ता गर्न सोमबार गृहमन्त्री थापाको अध्यक्षतामा समिति गठन भएको थियो। 

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य थिए । यस्तै,  थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य थिए ।