२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइनः हितेन्द्रदेव शाक्य रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून जलवायु कार्यमा हातेमालो गर्न विलम्व नगरौँः मन्त्री ठकुरी धुलोरहित सडक निर्माण कार्यको अनुगमन : उपप्रमुखबाट प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल जलवायु नेतृत्वमा नेपाल दृढ छः वनमन्त्री ठकुरी जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः झापा एफसीको तेस्रो बराबरी



अ+ अ-

काठमाडौँ । अन्तिम समयमा १० खेलाडीमा सिमित भएको झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) मा वीरगञ्ज युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको छ ।

दशरथ रंगशालामा आफ्नो चौथो खेलमा शुक्रवार अन्तिम १७ मिनेट १० खेलाडीमा सिमित झापाले वीरगञ्जलाई गोलरहित बराबरीमा रोकेको हो । यससँगै झापाले तेस्रो बराबरी गर्दै चार खेलबाट तीन अंक जोड्दै सातौं स्थानमा छ । झापाले एक खेल स्पोर्टिङ इलामसँग हारेको थियो । पुछारको टोली वीरगञ्जले चार खेलमा दोस्रो बराबरी गर्दै दुई अंक छ । त्यसअघि खेलको पहिलो आक्रमण ११औं मिनेटमा झापा एफसीले ग¥यो । लक्ष्मणले रुचालको कर्नर पासमा ओचिलोच समान्डरले करिब १० यार्ड टाढाको गोल प्रयास वीरगञ्जका गोलकिपर दीप कार्कीले मुस्किलले बचाए ।

त्यसको एक मिनेटपछि नै झापाको अर्को सशक्त आक्रमण गोलमा परिणत हुन सकेन । ३५ यार्डबाट समान्डरको सट दोस्रो बारमा ठोक्किँदै गोलकिपर दीपको खुट्टामा लागेर पनि फर्कियो । २५ औं मिनेटमा पेनाल्टी बक्सभन्दा केही बाहिर जर्ज सान्चेजको गोल प्रयास दीपले सफल हुन दिएनन् । झापाका लागि लक्ष्मणले ३२औं मिनेटमा गोलकिपर दीपसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् ।

लगत्तै लक्ष्मणकै फ्रिकिकमा अनमार्क रहेका सान्चेजले पेनाल्टी बक्सभित्र हेड गोल गर्ने अवसर खेर फाले । ३९औं मिनेटमा वीरगञ्जका सुवास गुरुङले आफ्नो टोलीको अग्रता लिने अवसर सुदपयोग गर्न सकेन । तेज तामाङले लामो पासलाई सुवासको फितलो हेडर झापाका गोलकिपर स्टेफन सुपिचले सहजै रोके । ४२औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट सान्चेजको शक्तिशाली सट दीपले उत्कृष्ट बचाउ गरे । छिरिङ लामाले मध्यभागबाट दिएको लामो पासमा अफसाइड बिट गर्दै सान्चेजले आक्रमण बुने पनि सफल भए । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

४७औं मिनेटमा नै वीरगञ्जका कृपाकान्त थारुले हानेको सट दोस्रो बारमा ठोकिँएर फर्कियो । सोही क्रममा रिबाउण्ड बललाई ओबेद ओसुउले आठ यार्डबाट गरेको प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गरे । त्यसको तीन मिनेटपछि झापाका आवास लामिछानेले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहँद गोल गर्न सकेनन् । वीरगञ्जका ओबेदले अर्को अवसर खेर फाल्न पुगे । विलियम ओपोकुले दिएको बललाई उनले करिब १० यार्डबाट गोल गर्न सकेनन् । ६९औं मिनेटमा काउन्टर प्रयासमा ओबदको लामो प्रहार सफल हुन सकेन ।

वीरगञ्जले ७३औं मिनेटमा काउन्टर प्रयासमा गोल गर्ने अवसर पायो । अन्तिम डिफेन्डर बिट भइसकेको अवस्थामा झापाका योगेश गुरुङले वीरगञ्जका ओपोकुलाई पछाडिबाट तान्दै लडाए । त्यसलगत्तै गोल स्कोरिङ गर्ने अवसरमा फउल गरेपछि खेलका रेफ्री राम दसनले योगेशलाई रातो कार्ड दिए । त्यससँगै झापा १० खेलाडीमा सीमित भयो । त्यसको दुई मिनेटपछि नै वीरगञ्जका दीपेन्क ठकुरीले करिब ३० यार्ड टाढाबाट गरेका शक्तिशाली प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट पन्च गर्दै रोके ।

झापाका समान्डरले ८६औं मिनेटमा गरेको लामो सट वीरगञ्जका गोलकिपर दीपले पन्च गरे । त्यसको तीन मिनेटपछि लेफ्ट साइडबाट वीरगञ्जका तेज तामाङको फ्रिकिक माथिल्लो बारमा लागेर बाहिरिन पुग्यो । इन्जुरी समयमा झापाका उज्वल राईले लेफ्ट साइडबाट गरेको प्रहार दोस्रो बारको कर्नरमा लागेर बाहिरियो । समान्डरले वीरगञ्जका डिफेन्डर बिट गर्दै दिएको पासमा अनमार्क रहेका उज्वलले गोल गर्न सकेनन् । त्यससँगै खेल बराबरीमा सकियो ।