• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

ऋतिक–दीपिकाको फिल्म ‘फाइटर’को टिजर सार्वजनिक (भिडियो)



एजेन्सी । बलिउड सुपरस्टार ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ बहुप्रतिक्षित फिल्म मध्ये एक हो । यो एक्सन फिल्मको लागि दर्शक उत्सुकताका साथ पर्खिरहेका छन् ।

हालै फिल्मको ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरको लुक पोस्टर रिलिज भएको थियो । यसैबीच फिल्मको दमदार टिजर सार्वजनिक भएको छ ।

एक्सनले भरिपूर्ण यो फिल्म अर्को वर्ष रिलिज हुनेछ । तर आज दर्शकको उत्साह बढाउँदै निर्माताले धमाकेदार टिजर सार्वजनिक गरेका छन् । टिजरमा दमदार एक्सन देखिएको छ ।

फिल्मका निर्माताले फिल्ममा उत्कृष्ट एक्सन दिने वाचा गरेका छन् । यस्तो अवस्थामा ‘फाइटर’ सुरुदेखि नै चर्चामा छन् । फिल्मको टिजर निकै अचम्मको छ । केही मिनेटको यो टिजरले दर्शकले यो फिल्मलाई निकै मन पराउने प्रमाणित गरेको छ ।

टिजरमा ऋतिक रोशन र दीपिका पादुकोण आकाशको उचाइ छोएको देख्न सकिन्छ । टिजरमा कलाकारहरुको लुक्सले दर्शकलाई निकै प्रभावित बनाएको छ । ऋतिक, दीपिका र अनिल तीनैको लुक्स निकै बलियो र अचम्मको छ ।

फाइटरको टिजर एक्सन, ड्रामा र रोमान्सले भरिपूर्ण छ । योसँगै ऋतिक रोशन र दीपिका पादुकोणबीचको केमेस्ट्री पनि स्पष्ट देखिन्छ । यस एक्सन फिल्ममा दुबै पहिलो पटक स्क्रिन सेयर गर्दै देखिनेछन् । दुबै अभिनेता बलिउडका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली स्टारहरू हुन् र उनीहरूका फ्यानहरू उनीहरूलाई ठूलो पर्दामा सँगै हेर्न उत्सुक छन् ।

फाइटरलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । सिद्धार्थ आनन्दले यसअघि ‘वार’ र ‘पठान’ जस्ता उत्कृष्ट एक्सन फिल्म निर्देशन गरिसकेका छन् । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा २५ जनवरी २०२४ मा सिनेमाघरहरूमा रिलिज हुँदैछ ।