२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाशमै लग्जरी होटलः ५ हजार जनाले बादलमाथि रात काट्ने अनुभव



अ+ अ-

एजेन्सी । तपाईले संसारभरि धेरै विलासी होटलहरू पाउनुहुनेछ, जहाँ सबै प्रकारका सुविधाहरू उपलब्ध छन् । स्विट्जरल्यान्डका सुन्दर हिमालको काखमा बनेको ‘एशर क्लिफ’को कुरा गरौं वा माल्दिभ्सको रंगाली टापुमा रहेको ‘कनराड होटल’को कुरा गरौं, यी होटलहरूमा छुट्टै रोमाञ्चक अनुभूति हुन्छ ।

यसबाहेक हिमपातको आनन्द दिने फ्रान्सको ‘एट्राप रिभ्स’ पनि निकै चर्चित छ । इटालीको ‘ग्रोटा होटल’ गुफा भित्र रहेकोले चिनिन्छ । यसैबीच यहाँ यस्तो अनौठो होटलको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा तपाईले अहिलेसम्म सपनामा मात्र सोच्नु भएको होला तर अब त्यो वास्तविकतामा परिणत हुन लागेको छ ।

आकाशमा एउटा होटल (स्काई क्रुज) को बारेमा कुरा गर्दैछौं, जसमा जिमदेखि स्विमिङ पुलसम्म सबै विलासी सुविधाहरू हुनेछन् । तपाईलाई यो अनौठो लाग्न सक्छ, तर यो सत्य हो । एउटा स्काई क्रुजको बारेमा बताउन गइरहेका छौं, जसले तपाईलाई बादलको बीचमा रात बिताउने मौका दिनेछ । हालै यो स्काई होटलको भिडियो सोसल मिडिया प्लेटफर्म एक्समा देखिएको छ ।

यमनका इन्जिनियर हासेम अल–घाइलीले यो स्काई क्रुजको बारेमा विस्तृत जानकारी दिँदै भने, ‘यो विशाल आणविक शक्तिबाट चल्ने ‘फ्लाइंग होटल’ हो, जुन सधैं आकाशमा उडिरहन्छ । यसमा एकै पटक ५ हजार यात्रु अटाउने क्षमता रहेको छ ।’

बादलको बीचमा हावामा बस्न कसलाई मन नपर्ला र ? यस क्रुजमा जिमदेखि स्विमिङ पुलसम्मका धेरै रोमाञ्चक गतिविधि गर्ने अवसर प्राप्त हुनेछ । भित्रबाट ५ तारे होटल जस्तो देखिन्छ ।

यति मात्र होइन, यसमा सपिङ मल, बार, रेष्टुरेन्ट, खेलकुद कम्प्लेक्स, सिनेमा हल र बालबालिकाका लागि खेल्ने मैदान पनि छ । यसको भित्र एक विशाल सम्मेलन केन्द्र पनि छ, जहाँ कुनै पनि कार्यक्रम आयोजना गर्न सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो स्काई क्रूज पूर्णतया परमाणु ऊर्जाद्वारा संचालित हुनेछ ।