• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

यू–१९ एसिया कपः पहिलो खेलमा पाकिस्तानको सामना गर्दै नेपाल



काठमाडौं । आज शुक्रबारदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । नेपालले आज पाकिस्तानको सामना गर्दैछ । यस्तै भारत र अफगानिस्तानबीच पनि अर्को खेल हुँदैछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार सवा ११ बजे सुरु हुनेछ । पहिलो खेलमै बलियो टोली पाकिस्तानको सामना गरिरहेको नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । पाकिस्तान पनि पहिलो जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ ।

नेपाल र पाकिस्तान दुवै टोलीमा सिनियर टोलीबाट खेलेका खेलाडी पनि छन् । नेपालको टोलीका कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट खेलिसकेका छन् ।

पाकिस्तानका स्पिन अलराउन्डर अरफत मिन्हासले पनि सिनियर टोलीबाट खेलिसकेका छन् । उनीसँग ३ वटा टी–२० आई खेलेको अनुभव छ ।

प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

देव खनाल कप्तानी रहेको नेपाली टोलीमा गुलशन झासहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् । जगत टमाटाले प्रशिक्षण सम्हालेका छन् ।