९ असार २०८३, मंगलवार
,
Latest
राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नको लागि कार्य गर्न आग्रह गर्नुभएको छ ।

गुटेर्रेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेख्नुभएको हो । २०१७ मा संयुक्त राष्ट्र महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उहाँले सो पत्र लेख्नुभएको हो । धारा ९९ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनैपनि कुरा स्वीकार्य हुँदैन’

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीका कम्तिमा १३० कामदारहरू अक्टोबर ७ देखि मारिएको गुटेरेसले बताएका छन् ।