१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ



file photo
अ+ अ-

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताउनुभएको छ ।

प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन ।” उहाँले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले विशेष रुपान्तरण अभियान सुरु गरेको बताउनुभयो ।

“जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उहाँले भन्नुभयो, “यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।”सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताउनुभयो । रासस