• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने



टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गर्नु भएको छ ।

राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको चौथो ठूलो गुट कोचीकाईको नेताको रूपमा आफ्नो राजीनामा घोषणा गर्ने तयारी गर्नु भएको हो।

यस अघिका प्रधानमन्त्रीहरूले पदमा रहँदा आफ्नो गुट (समूह) को नेताबाट रताजीनामा दिने अभ्यास रहे तापनि किशिदा भने, सन् २०२१ अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु भएको भए तापनि गुटको नेताको रूपमा अझै सक्रिय हुनुहुन्छ । रासस