५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या तीन पुग्यो



अ+ अ-

विराटनगर । विराटनगर सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार लागेको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बुधबार विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र विराटनगर ६ कै ५५ वर्षीया सुशीला पासवनको मृत्यु भएको थियो । गम्भिर घाईते भएका मण्डलको न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने पासवन घटनास्थलमै मृत फेला परेकी थिईन् ।

आज बिहान काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा विराटनगर ६ की सुनिता कामतको उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त घटनामा परी अन्य तीन जना घाइते भएका छन् । उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ ।