२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या तीन पुग्यो



अ+ अ-

विराटनगर । विराटनगर सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार लागेको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बुधबार विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र विराटनगर ६ कै ५५ वर्षीया सुशीला पासवनको मृत्यु भएको थियो । गम्भिर घाईते भएका मण्डलको न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने पासवन घटनास्थलमै मृत फेला परेकी थिईन् ।

आज बिहान काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा विराटनगर ६ की सुनिता कामतको उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त घटनामा परी अन्य तीन जना घाइते भएका छन् । उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ ।