६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैंबु खुला ब्याडमिन्टन: सेमिफाइनलका खेलहरु सम्पन्न, फाइनल खेल शनिबार



अ+ अ-

ललितपुर (भैंसेपाटी): सैंबु ब्याडमिन्टन सर्कलको आयोजनामा मगरगाउँमा सञ्चालित दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिताका सेमिफाइनल खेलहरु आज सम्पन्न भएका छन् ।

जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा उत्तम सत्याल र भीम थापाको जोडीले शिशिर राई र सुरेश तामाङको जोडीलाई २१–१५ र २१–१७ को सोझो सेटमा पराजित गरी फाइनलको यात्रा तय गरेका छन् ।

दोस्रो खेलमा श्याम ठकुरी र ओमकार गुरुङको जोडीले अजय थापा मगर र कमल बहादुर थापालाई २१–१७ र २१–१७ को सेटमा पराजित गरेको थियो ।

यो प्रतियोगिताको फाइनल खेल यही मंसिर २३ गते शनिबार बिहान हुने आयोजक सैंबु ब्याडमिन्टन सर्कलले जनाएको छ ।

फाइनल खेल उत्तम सत्याल र भीम थापा एवं श्याम ठकुरी र ओमकार गुरुङबीच हुनेछ ।