२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक भएको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुने आशंका व्यक्त गर्नुभयो । उहाँले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताउनु भयो । उहाँले कर छली लगायतका विभिन्न गैरकानूनी काममा वृहत अनुसन्धान गर्नुपर्ने पनि बताउनु भयो । उहाँले एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुभएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक्छ । त्यहाँ कयौँ कुरा हुनसक्छ । त्यो एउटा छानबिनको विषय हो । तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइन ? होइन भने किन बबाल गरेको ? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन ? पाएको छैन भने त्यो गैरकानूनी हो की होइन । गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो ? यो बेकारको नाटक हो । कर छलि गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति ? वृहत छानबिन शुरुवातदेखि आजसम्मको छानबिन गरौँ । तर तत्काल कारबाही हुुनपर्छ, कर छली भएको हो भने । अर्थमन्त्रीलाई थाहा छैन भन्नुभयो, यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ । अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन लायक पनि छैन । सरकारले गर्न खोजेको अलमल, समिति, आयोग मैले बुझेको छैन ।’

रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ । रास्वपाले नयाँ चयन भएका केन्द्रिय सदस्यहरुलाई आज शपथग्रहणसमेत गराएको छ ।