५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी



अ+ अ-

बेइजिङ । कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर तथा उच्च प्रविधियुक्त औद्योगिक विकास पार्कहरूको पहिलो समूहको सूची जारी गरेको छ ।

सूचीको घोषणा सन् २०३० सम्म कार्बन डाइअक्साइड उत्सर्जनलाई चरम अवस्थामा पुर्याउने सरकारको योजना कार्ययोजनाअनुसार गरिएको र उक्त सूची सोही आधारमा तयार गरिएको चीनको शीर्ष आर्थिक योजनाकार राष्ट्रिय विकास तथा सुधार आयोग (एनडिआरसी) ले उसको वेबसाइटमा जनाएको छ ।

सूचीमा परेका सहरहरूमा झाङजियाको, ताङसान, चेङ्दे, ताइयुआन, एर्दोस, बाओटौ, सेनयाङ, डालियान, हेइहे, यानचेङ, हाङ्जो, हुझोउ, बोझोउ, किङदाओ, यन्ताई, सिनजियाङ, जिनयाङ, जियानगयाङ, सियान, चाङ्सा, जियाङ्टन, सेन्जेन, युलिन र करामाय रहेका छन् ।

घोषणाअनुसार सूचीमा सामेल १० उच्च प्रविधियुक्त औद्योगिक विकास पार्क चाङ्झी, चिफेङ, हार्बिन, सुजौ, नानजिङ, हेफेई, देझोउ, झाओकिङ, जिक्सियन न्यु एरिया र कुक्का सहरहरूमा रहेका छन् । रासस