५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो



अ+ अ-

मोरङ । विराटनगरस्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागीमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शव नचिनिने अवस्थामा रहेको छ ।

यसअघि आगलागीमा परी गम्भीर घाईते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको उपचारको क्रममा न्युरो अस्पतालमा निधन भएको थियो ।

आगलागीमा गम्भीर घाईते भएका अन्य तीन जनाको पनि न्युरो अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । उनीहरुको ८० प्रतिशतभन्दा धेरै शरिर जलेको छ ।

अहिले आगो भने नियन्त्रण भइसकेको छ । आगलागिको कारण भने खुलेको छैन ।