२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरको कवाडी गोदाममा आगलागी, एकको मृत्यु, तीन जना घाइते



अ+ अ-

मोरङ । विराटनगरस्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो भएको आगलागीमा परी गम्भीर घाईते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको उपचारको क्रममा निधन भएको हो ।

आगलागीमा गम्भीर घाईते भएका अन्य तीन जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरुको ८० प्रतिशतभन्दा धेरै शरिर जलेको प्रहरीले जनएको छ ।

विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैचना नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।