५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरको कवाडी गोदाममा आगलागी, एकको मृत्यु, तीन जना घाइते



अ+ अ-

मोरङ । विराटनगरस्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो भएको आगलागीमा परी गम्भीर घाईते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको उपचारको क्रममा निधन भएको हो ।

आगलागीमा गम्भीर घाईते भएका अन्य तीन जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरुको ८० प्रतिशतभन्दा धेरै शरिर जलेको प्रहरीले जनएको छ ।

विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैचना नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।