८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुु प्रदूूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक



अ+ अ-

काठमाडौं । वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ । नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो । 

त्यसैगरी एक सातासम्म रातको समयबाहेक अन्य समयमा ठूला मालबाहक सवारी साधन पनि चलाउन रोक लगाइएको नगर प्रमुख बस्नेतले जानकारी दिनुुभयो । मालबाहक ठूला सवारी साधन साँझ ७ देखि बिहान ५ बजेसम्म सञ्चालन हुन् पाउने छन् । नगरपालिकाले कार्यपालिकाको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सबै वडा कार्यालयलाई निर्देशनसमेत दिएको छ । नगरपालिकाले उक्त निर्णय कार्यान्वयनका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूलाई पनि अनुरोध गरेको छ । 

वायु प्रदूूषण बढेपछि सरकारले चार दिनका लागि शिक्षण संस्था बन्द गरेको छ । शुक्रबारसम्मका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । वायुु प्रदूूषणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । गत शुक्रबारदेखि धुम्लिएको काठमाडाँै उपत्यकाको आकाश अझै खुल्न सकेको छैन । मौसमविद्ले ठूलो हावाहुरी र पानी नपरेसम्म वायुमण्डलमा सुधार नआउने बताएका छन् ।