• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’

एमालेको परिकल्पनामा बनेको भेरी-बबई नदी पथान्तरण आयोजनामा पुग्दा



झुलाघाट-चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा । हिजो २०८० मङ्सीर १९, छैटौं दिन ।श्रध्देय अध्यक्षज्यू संगै भेरी-बबई नदी पथान्तरण आयोजनाको हेडवक्स अवलोकनका साथै आयोजनाको समग्र कार्यप्रगतिका बारेमा जानकारी लिने मौका मिल्यो ।

२०५१ को मनमोहन अधिकारी नेतृत्वको नेकपा (एमाले) सरकारले जनसहभागितामा आधारित भएर शुरू गरेको बबई सिंचाई आयोजनाबाट बर्दिया र बाँके जिल्लामा सिंचाई सुविधा विस्तार गर्न पानिको थप स्रोत आवश्यक भए पछि भेरी-बबई नदी पथान्तरण आयोजनाको अध्ययन र कार्यान्वयन प्रकृया अघि बढेको हो ।

बहुउद्देशीय यस् आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा थप सिचाई सुविधा विस्तार हुनेछ । ४६.८ मेगावाट विद्युत (फर्म इनर्जी) उत्पादन भई राष्ट्रीय प्रशारण प्रणालीमा जोडिने छ ।

लामो समयको अध्ययन र पूर्ववतयारी पछि २०७४ कार्तिक २० गते टनेल खन्ने कार्य शुरू गरिएको थियो । TBM मेसिनबाट १२.२ किलोमिटर लामो टनेल खन्ने काम सम्पन्न भएसंगै तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको समुपस्थितिमा २०७६ बैसाख ३ गते ब्रेक थ्रु गरिएको थियो । टनेलको Finished diameter ४.२ मिटर र cutting diamer ४.६ देखि ४.७ मिटर रहेको छ ।

२९ अर्व ९१ करोड लागत सम्झौता गरिएको यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६०.४ प्रतिशत र वित्तीय प्रगति ५४.४ प्रतिशत भएको छ ।

हामीलाई हेड वक्स, पावरहाउस, विध्दुत प्रशारण लाईन लगायतको पहिलो चरणको काम दुईबर्ष भित्र सम्ममा सम्पन्न गर्ने योजना रहेको आयोजना प्रमुख रणबहादुर बमले जानकारी दिनुभयो ।

श्रध्देय अध्यक्ष केपी शर्मा ओलीज्यूले गुणस्तर सुनिश्चित गर्दै, प्रक्षेपित लागतमा, निर्धारित समय भित्र आयोजना सम्पन्न गर्न निर्देशन दिनुभयो र आयोजना सम्पन्न गर्न आफ्नो तर्फबाट सदा सहयोग रहने जानकारी गराउनु भयो ।

पौडेल नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ ।