४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग: आज इलाम र पोखरा भिड्दै



अ+ अ-

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज स्पोर्टिङ इलाम डे मेची एफसी र पोखरा थन्डर्स भिड्दैछन् ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

इलाम र पोखरा आज आफ्नो दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् । इलाम आफ्नो पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग २-१ ले पराजित भएको थियो । पोखराले भने पछिल्लो खेलमा झापा एफसीसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।

पोखरा ३ खेलमा १ जित र २ बराबरीसँगै ५ अंकको साथ तालिकाको चौथो स्थानमा रहेको छ । ३ खेलमा १ जित र २ हार बेहोरेको इलाम ३ अंकसहित तालिकाको सातौं स्थान छ ।

आजको खेल जितेमा पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ भने इलाम दोस्रो स्थानमा उक्लने छ । धनगढी ७ अंकको साथ अंकतालिकाको शिर्षस्थानमा छ ।