२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग: आज इलाम र पोखरा भिड्दै



अ+ अ-

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज स्पोर्टिङ इलाम डे मेची एफसी र पोखरा थन्डर्स भिड्दैछन् ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

इलाम र पोखरा आज आफ्नो दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् । इलाम आफ्नो पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग २-१ ले पराजित भएको थियो । पोखराले भने पछिल्लो खेलमा झापा एफसीसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।

पोखरा ३ खेलमा १ जित र २ बराबरीसँगै ५ अंकको साथ तालिकाको चौथो स्थानमा रहेको छ । ३ खेलमा १ जित र २ हार बेहोरेको इलाम ३ अंकसहित तालिकाको सातौं स्थान छ ।

आजको खेल जितेमा पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ भने इलाम दोस्रो स्थानमा उक्लने छ । धनगढी ७ अंकको साथ अंकतालिकाको शिर्षस्थानमा छ ।