१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीबाट गायीका मेनुका पौडेललाई सफलताको लागि शुभकामना



अ+ अ-

काठमाडौैँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार मेनुका पौडेलको गायन यात्राको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक संञ्जाल मार्फत पूर्वराष्ट्रपति भण्डारीले जन्मजात दृष्टिविहीन रहनुभएकी मेनुका पौडेलको सङ्गीतप्रतिको यो लगाव, यसका लागि उहाँले गर्नुभएको कठीन संघर्ष र उहाँले हासिल गर्नुभएको यो सफलताले नेपाली किशोर–किशोरी एवं युवा युवतीलाई आफ्नो रूचिको क्षेत्रमा गम्भिरतापूर्वक लागि पर्न प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।

भारतीय टेलिभिजन गायन प्रतियोगिता-इण्डियन आइडल, सिजन १४ को प्रतिस्पर्धीको रूपमा झापा हल्दिबारीकी युवा गायिका मेनुका पौडेलले आफ्नो उत्कृष्ट गायनकलाको माध्यमबाट सबैको मन जित्न सफल हुनुभएको छ ।

उहाँले मेनुकाको गायकीबाट प्रतियोगिताका मूल्याङ्कनकर्ता लगायत अतिथिका रूपमा आउने भारतीय सङ्गीत एवं चलचित्र क्षेत्रका ठूला ठूला हस्तीहरूसमेत मन्त्रमुग्ध हुनेगरेको कुरा उक्त कार्यक्रम हेर्ने सबैलाई विदितै रहेको जनाउनु भएको छ ।




भर्खरै