३ पुष २०८२, बिहीबार
,
Latest
नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्छौँ – कप्तान खनाल



अ+ अ-

काठमाडौँ । नेपालको युवा टोलीले आगामी मंसिर २२ गतेदेखि शुरु हुने एसिसि यु–१९ एशिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले मंगलवार एक कार्यक्रममा टेस्ट राष्ट्रलाई हराउँदै समूहचरण पार गर्ने बताएका छन् । आगामी शुक्रवारदेखि शुरु हुने एशिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । तर पनि नेपाली टोली यो समूहबाट सेमिफाइनलमा पुग्ने आशा गरेको छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यु–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहो¥याउन आतुर रहेको बताउनु भयो । उहाँले सिनियर टोलीले पनि राम्रो गरिहेको र आफूहरु पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताउनु भयो । भारत र पाकिस्तानबिरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेका सबै यु–१९ टोलीका लागि राम्रो अवसर पनि रहेको कप्तान खनालले धारणा राख्नुभयो । त्यसैले सबै जना यो समूहमा राम्रो नतिजासँगै राष्ट्रिय टोलीको यात्रा बनाउन पनि आतुर रहेको बताउनु भयो ।

यु–१९ एशिया कपमा मंसिर २२ देखि पुष एक गतेसम्म संयुक्त अरब इमिरेट्स(युएई) मा शुरु हुँदैछ । यो एशिया कपको अर्को समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएइ छ । त्यसैले समूह ‘बी’ को तुलनामा समूह ‘ए’ नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतिपूर्ण हो । यु–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ । यद्यपि, यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मवलका साथ एशिया कपको यात्रा थाल्दैछन् ।

कप्तान देवले एसिसी यु–१९ एशिया कपमा नेपालको मुख्य लक्ष्य टेस्ट टोलीलाई हराउँदै सेमिफाइनलमा पुग्ने आशा व्यक्त गर्नुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार आयोजना गरेको बिदाई कार्यक्रममा नेपाली टोलीका कप्तान देवसँगै प्रशिक्षक जगत टमटाले बिना दबाबमा राम्रो प्रदर्शन गर्ने धारणा राखेका छन् । उनले सिनियर टोलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफ्नो टोली थप उत्साहित रहेको बताउनु भयो । यो यात्रा अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेलले पनि युवा टोलीले राम्रो एक्सपोजर पाएको उनको विश्वास छ ।

यो तयारीका लागि नेपालले दुई हप्ताको अभ्यास गरेको छ । यस क्रममा नेपालले फरक फरक पिचमा आफूलाई अभ्यस्त बनाएको पनि प्रशिक्षक टमटा बताउनुहुन्छ । युद्धमा जाँदै सबै जित्नकै लागि जाने उल्लेख गर्दैै प्रशिक्षक टमटाले राम्रो क्रिकेट खेल्दै जित निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।

युवा टोलीका विदाईको क्रममा क्यानका सचिव पारस खड्काले सिनियर टोलीले पाएको सफलतालाई पछ्याउँदै युवा टोलीले पनि राम्रो नतिजा ल्याउनेमा सबै आशावादी रहेको बताउनु भयो । नेपाली युवा टोलीलाई विदाई गर्दै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले संसारलाई जित्ने क्षमता नेपाली क्रिकेट टोलीसँग रहेको प्रोत्साहित गर्दै सिनियर टोलीले जस्तै युवा टोलीले पनि राम्रो नतिजा ल्याउने आशा व्यक्त गर्नुभयो ।

अब खेलाडीले जितेको दुई हप्ताभित्र नै पुरस्कार पाउने वातावरण सिर्जना गरिरहेको बताउनु भयो । युवा टोलीले पाउनुपर्ने पुरस्कार पनि २÷३ दिनमा नै सबैको खातामा आउने उनको मन्त्री लिम्बूले बताउनुभएको छ ।