• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सोफामा बसेर १० मिनेट कुराकानी, त्यसपछि १७ राउण्ड फायरिङ…



एजेन्सी । राजस्थान निर्वाचनको नतिजा आएको २ दिनपछि राज्यमा एउटा ठूलो आपराधिक घटना भएको छ । मंगलबार जयपुरमा राष्ट्रिय राजपूत कर्णी सेनाका अध्यक्ष सुखदेव सिंह गोगामेडीको हत्या भएको छ ।

हत्याको सम्पूर्ण घटना त्यहाँ जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको थियो । यो घटनालाई लिएर राज्यमा राजनीति सुरु भएको छ ।

चारजना अपराधीले घटना गरेको बताइएको छ । आक्रमणपछि मोटरसाइकलमा सवार दुईजना लुटेरा भागेका थिए भने दुईजना अपहरणकारीले स्कुटर चालकलाई गोली हानेर स्कुटर खोसेका थिए ।

स्कुटी सवार नवीनलाई पनि गोली लागेको छ भने सुखदेव सिंहको एसएमएस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले नजिकै जडान गरिएका सीसीटीभी फुटेज र अन्य माध्यमबाट आरोपीसम्म पुग्ने प्रयास गरिरहेको बताइएको छ ।

चारमध्ये दुईजना सीसीटीभी फुटेजमा कैद भएका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । सोफामा बसेर १० मिनेट कुराकानी भएको र त्यसपछि १७ राउण्ड फायरिङ भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्राप्त जानकारी अनुसार श्यामनगरस्थित घरमा चार जना अपरिचित व्यक्तिले हामफालेर कर्णी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंह गोगामेडीलाई गोली हानेका हुन् । उनका बन्दुकधारी नरेन्द्रलाई पनि गोली लागेको थियो । सूचना पाएपछि श्यामनगर प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले सीसीटीभी फुटेजका आधारमा घटनाको अनुसन्धान सुरु गरेको छ । घटना श्याम नगरको दाना पानी रेस्टुरेन्ट पछाडि रहेको बताइएको छ । लरेन्स विष्णोई गिरोहका सम्पत नेहराले यसअघि सुखदेव सिंहलाई धम्की दिएको बताइएको छ । त्यसपछि यस विषयमा जयपुर प्रहरीलाई ज्ञापनपत्र दिइएको थियो ।

यो खबर सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । गोगामेडी पहिलो पटक आनन्दपाल मुठभेड प्रकरणपछि चर्चामा आएका थिए । त्यसबेला आनन्दपालको शवलाई लिएर धेरै दिनदेखि प्रदर्शन भएको थियो । त्यसपछि गोगामेडीको नाम निकै चर्चामा आयो ।