४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

सोफामा बसेर १० मिनेट कुराकानी, त्यसपछि १७ राउण्ड फायरिङ…

सोफामा बसेर १० मिनेट कुराकानी, त्यसपछि १७ राउण्ड फायरिङ…
अ+ अ-

एजेन्सी । राजस्थान निर्वाचनको नतिजा आएको २ दिनपछि राज्यमा एउटा ठूलो आपराधिक घटना भएको छ । मंगलबार जयपुरमा राष्ट्रिय राजपूत कर्णी सेनाका अध्यक्ष सुखदेव सिंह गोगामेडीको हत्या भएको छ ।

हत्याको सम्पूर्ण घटना त्यहाँ जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको थियो । यो घटनालाई लिएर राज्यमा राजनीति सुरु भएको छ ।

चारजना अपराधीले घटना गरेको बताइएको छ । आक्रमणपछि मोटरसाइकलमा सवार दुईजना लुटेरा भागेका थिए भने दुईजना अपहरणकारीले स्कुटर चालकलाई गोली हानेर स्कुटर खोसेका थिए ।

स्कुटी सवार नवीनलाई पनि गोली लागेको छ भने सुखदेव सिंहको एसएमएस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले नजिकै जडान गरिएका सीसीटीभी फुटेज र अन्य माध्यमबाट आरोपीसम्म पुग्ने प्रयास गरिरहेको बताइएको छ ।

चारमध्ये दुईजना सीसीटीभी फुटेजमा कैद भएका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । सोफामा बसेर १० मिनेट कुराकानी भएको र त्यसपछि १७ राउण्ड फायरिङ भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्राप्त जानकारी अनुसार श्यामनगरस्थित घरमा चार जना अपरिचित व्यक्तिले हामफालेर कर्णी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंह गोगामेडीलाई गोली हानेका हुन् । उनका बन्दुकधारी नरेन्द्रलाई पनि गोली लागेको थियो । सूचना पाएपछि श्यामनगर प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले सीसीटीभी फुटेजका आधारमा घटनाको अनुसन्धान सुरु गरेको छ । घटना श्याम नगरको दाना पानी रेस्टुरेन्ट पछाडि रहेको बताइएको छ । लरेन्स विष्णोई गिरोहका सम्पत नेहराले यसअघि सुखदेव सिंहलाई धम्की दिएको बताइएको छ । त्यसपछि यस विषयमा जयपुर प्रहरीलाई ज्ञापनपत्र दिइएको थियो ।

यो खबर सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । गोगामेडी पहिलो पटक आनन्दपाल मुठभेड प्रकरणपछि चर्चामा आएका थिए । त्यसबेला आनन्दपालको शवलाई लिएर धेरै दिनदेखि प्रदर्शन भएको थियो । त्यसपछि गोगामेडीको नाम निकै चर्चामा आयो ।