१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

कोप २८ मा नेपालले उठाएका एजेण्डाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढायो: सचिव खराल

कोप २८ मा नेपालले उठाएका एजेण्डाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढायो: सचिव खराल
अ अ+ अ-

दुवई। वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप—२८ सम्मेलनमा नेपालले उठाएका एजेण्डाहरुले नेपाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढाएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा नेपालको तर्फबाट गर्नुभएको सम्बोधन र नेपालले उठाएका एजेण्डाहरुले विश्वको ध्यान खिचेको बताउनुभएको हो । उहाँले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र त्यसले पारेको सकारात्मक प्रभावका कारण पनि कोप २८ मा नेपालको उपस्थिति र प्रश्तुति सशक्त बन्न गएको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालले व्यहोरिरहेको हानी नोक्शानीबापत न्यायमा आधारित भएर आर्थिक सहायता उपलब्ध गराउने कुरामा पनि आफूहरुले सम्मेलनमा सचेत भएर सशक्त ढंगले आफ्नो प्रश्तुति दिएको बताउनु भयो । सचिव खरालले जलवायु परिवर्तनका कारण हिमाली मुलुकले व्यहोरेको हानी नोक्शानीबारे विश्वमै उजागर गर्नका लागि हिमाली मुलुकहरुको सम्मेलन नेपालले आयोजना गर्न लागेको पनि बताउनु भयो । सम्मेलनकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुलाई सो निर्देशन दिएको र काठमाडौं फर्कने बित्तिकै सो कामको तयारीको कामलाई तीव्रताका साथ अघि बढाउने उहाँको भनाई थियो ।’

‘समान परिवेश भएका देशहरुको समूह बनाएर आवाज नउठाएसम्म जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि नेपालले पाउनुपर्ने वित्तीय सहयोग पाउन कठिन रहेको बताउनु भयो । उहाँले समान परिवेश भएका देशहरुको समूह बनाएर काम नगरेसम्म ग्लोवल स्केलमा उपलब्धि हासिल गर्न सजिलो नरहेको बताउनुभएको हो । धेरै प्रभावशाली देशहरुले एकल प्रयासबाट सहायता पाउन सफल भएपनि आर्थिक अवस्था कमजोर भएका देशहरुका लागि एकतावद्ध भइ आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले समान अवस्था भएका देशहरुले एउटै गोलमेचमा बसेर र एउटै गठबन्धन बनाएर आवाज र उपस्थितिलाई बलियो बनाउने स्थिति नभएसम्म सहायता पाउने कुरा कठिन रहेको बताउनु भयो । समान परिवेश भोगिरहेका देशलाई एकतावद्ध बनाएर मेहनत नगर्ने हो भने अवस्था चुनौतिपूर्ण रहेको बताउनु भयो ।

सचिव खरालले भन्नु भयो, ‘हाम्रो भनाईहरु के हो भन्ने बारेमा सम्माननीयज्यूको आमन्त्रणमा संयुक्त राष्ट्र संघका महासचिव पनि नेपाल आएर भ्रमण गरिसकेपछि जलवायु परिवर्तनका लागि हिमाली क्षेत्रको समस्या उजागर भएर आयो । त्यसलाई हामीले क्यापिटलाईज गर्न खोजेका छौं । त्यसलाई हामीले प्रयोग गरेर विश्व समुदायलाई सजग बनाएर यो जलवायु परिवर्तनका कारणले हामीलाई जुन हानि नोक्सानी भएको छ । क्षति भएको छ । त्यसबाट सुविधाहरु हुनुपर्‍यो । र, यो कुनै एउटा माग्ने हिसावले नभईकन हक र अधिकारको रुपमा स्थापित हुने कुराको मेकानिज्म हुुनुपर्‍यो भनेर त्यो कुरा यहाँ आईसकेपछि सशक्त रुपमा राख्न सफल भएको अवस्था चाँही छ । र, यो अन्तराष्ट्रिय माहोल यस्तो छ कि यो अहिले नेपालको भनाईहरु चाँही यति धेरै हाईलाइट भएर आएको छ कि धेरैले यसलाई सराहना गर्नु भएको छ । र, अव यसलाई कसरी कन्टिन्यूएशन कसरी गर्ने । आगामी दिनमा नेपालको हिमालको पक्षलाई लिएर अगाडि जाने जुन विषय छ । अझै अगाडि लिएर जाने विषयमा यसको नेतृत्व कसरी गर्ने भन्ने बारेमा एउटा चुनौति छ । नेपालले भावी दिनमा पनि हिमालको विषयलाई उठाएर अथवा माउन्टेन एजेण्डालाई उठाएर माउन्टेनमा परेका समस्याहरुलाई नेगोशिएशनमा उठाएर फाईदा हुने किसिमले आउनु पर्छ । संयन्त्रहरु हुनुपर्छ, फण्डिङहरु हुनु पर्छ । फाईनान्सहरु हुनुपर्छ । टेक्नोलोजी हुनु पर्छ । र, हामीलाई अझै धेरै सुविधाहरु हुनुपर्छ भन्ने कुरालाई चाँही आएको छ । र, यो राउण्ड टेबल मिटिङ पनि सम्माननीयज्यूको यहाँले सुन्नु भयो ।’

‘सम्माननीयज्यूको अध्यक्षता र महासचिवज्यूको प्रमुख आतिथ्यमा भएको थियो । त्यसले पनि एउटा माहोल सृजना गरेको छ । एक प्रकारले भन्नु पर्दा त यो नेपालमय र माउन्टेनमय पनि भएको भनेर पनि भन्न मिल्छ ।, तर यसलाई अझै हामीले क्यापिटलाईज गर्नुपर्ने, अझै यसलाई अगाडि बढाउनुपर्ने चुनौति छ । र, फर्केर गईसकेपछि पनि सम्माननीयज्यूले एउटा निर्देशन दिएर जानु भएको छ–आगामी दिनमा माउन्टेनियस कन्ट्रिहरुको चाँही एउटा गोलमेच गर्ने किसिमले डायलग गर्ने किसिमले कार्यक्रम गर्ने पनि भन्नु भएको छ । त्यसको लागि पनि हामीले नेपाल गएर माउण्टेनको आवाजलाई एकतावद्ध गरेर लैजाने गरी माउण्टेनियस देशहरुको गोलमेच सम्मेलन पनि तयारी गर्नुपर्नेछ । त्यो काम हामी गर्छौं पनि । र, समग्रमा भन्नुपर्दा यहाँ हाम्रो उपस्थिति सशक्त छ । सहज छ । चनाखो भएर बसेको छ ।’

‘आगामी दिनमा हामी यसलाई अझ सशक्त पार्छौं । समान परिवेश भएका देशहरुको समूह बनाएर काम नगरेसम्म ग्लोवल स्केलमा उपलब्धि हासिल गर्न सजिलो छैन । धेरै प्रभावशाली देशहरुले सिंगल प्रयासले पनि डिसिजन गराउन सफल हुनसक्ला तर अलिकति कमजोर आर्थिक स्थिति भएको र अरु हिसावले पनि कमजोर अवस्था भएको देशहरुलाई गाह्रो छ । हामी समान अवस्था भएका देशहरुले एउटै गोलमेचमा बसेर एउटा गठबन्धन बनाएर आवाज र उपस्थितिलाई बलियो बनाउने स्थिति नभएसम्म यो सफल हुँदैन । परिवेश भोगिरहेका देशमा एकतावद्ध बनाएर र त्यसलाई अघि बढाएर हाम्रो पक्षमा लिएर आउन मेहनत गर्नुपर्छ, अन्यथा यो चुनौतिपूर्ण छ ।’

सचिव खरालले नेपालले आगामी दिनमा पनि जलवायु परिवर्तनले पारेको असर न्यूनिकरणका लागि विश्व समुदायबाट लिने आर्थिक सहायताका लागि चनाखो भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो ।