२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई नौ वर्षीय बालकको चिठ्ठी: पेट पाल्नको लागि विदेश जानु नपरोस्



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेतका एक नौ वर्षीय बालकले चिठ्ठी लेखेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा मंगलबार सुर्खेत पुगेका ओलीलाई किशोर पौडेलले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा विदेश जानुपर्ने अवस्थाको अन्त्य सुझाव दिएका हुन् ।

नौ वर्षीय बालकले चिठ्ठीमा लेखेका छन्, ‘म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नको लागि विदेश जानै पर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु ।’

अध्यक्ष ओलीले ती बालकले आफूलाई दिएको चिठ्ठी फेसबुकमा राख्दै आफ्नो पार्टीको अभियान त्यसैका लागि भएको बताएका छन् । ओलीले लेखेका छन्,‘मंगलबार हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँड्ने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिठ्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए । मैले सोचेँ – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ ।’