२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२४ को अक्सनमा भारतका यी पाँच क्याप्ड खेलाडीहरू ‘अनसोल्ड’ हुनसक्ने



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को मिनी अक्सन डिसेम्बर १९ मा दुबईमा हुने भएको छ । यसपटकको लिलामी निकै रोमाञ्चक हुने भएको छ । मिचेल स्टार्क, ट्राभिस हेड, रचिन रविन्द्र जस्ता ठूला खेलाडीले आफ्नो नाम लिलामीमा पठाएका छन् ।

विदेशी नामसँगै धेरै भारतीय खेलाडी पनि टोलीको निशानामा हुनेछन् । तर, केही भारतीय खेलाडी भने यस लिलामीमा बिक्री नहुन सक्छन् । त्यस्ता पाँच खेलाडीको बारेमा यहाँ चर्चा गरौं ।

१. करुण नायर


आईपीएलमा करुण नायरको प्रदर्शन खासै उल्लेखनीय रहेन । गत सिजन पनि करुणले खरिदकर्ता पाउन सकेनन् । सन् २०२२ मा करुणले कुल ३ खेल खेलेका थिए र आफ्नो ब्याटबाट १६ रन मात्र बनाएका थिए । यही कारणले गर्दा आईपीएल २०२४ को मिनी लिलामीमा करुण बिक्री नहुन सक्छन् ।

२. हनुमा विहारी


विहारीले आईपीएलमा अहिलेसम्म २४ खेल मात्र खेलेका छन् र यो अवधिमा उनले आफ्नो ब्याटबाट २८४ रन मात्र बनाएका छन् । भारतीय ब्याट्सम्यानले सन् २०१९ को इन्डियन प्रिमियर लिगमा आफ्नो अन्तिम खेल खेलेका थिए । यसपटक पनि विहारीमा कुनै पनि टोलीले सट्टेबाजी नगरेको देख्न सकिन्छ ।

३. वरुण आरोन


वरुण आरोनले आईपीएलमा आफ्नो करियर धमाकेदारका साथ सुरु गरे तर पछिल्ला केही वर्षमा यी भारतीय बलरको नाम हराएको छ । वरुणले आफ्नो अन्तिम खेल सन् २०२२ मा खेलेका थिए । गत सिजन कुनै पनि टोलीले वरुणमाथि विश्वास देखाएको थिएन । यही कारणले गर्दा यसपटक पनि उनको बिक्री हुने सम्भावना न्यून देखिन्छ ।

४. जयदेव उनाडकट


जयदेव उनाडकटले गत सिजन लखनउ सुपर जायन्ट्सबाट खेलेका थिए । तर, उनको प्रदर्शन अपेक्षाअनुरुप भएन र उनले तीन खेलमा एक विकेट पनि लिन सकेनन् । सन् २०२२ मा पनि जयदेवले ५ खेल मात्रै खेल्ने मौका पाए । आईपीएलमा जयदेवको खस्कँदै गएको फर्मलाई ध्यानमा राख्दै यसपटक टोलीले उनीमा पैसा लगानी गर्नबाट जोगिन सक्छन् ।

५. धवल कुलकर्णी


धवल कुलकर्णी पनि त्यो सूचीमा परेका छन्, जसको आईपीएल २०२४ को मिनी लिलामीमा खरिदकर्ता खोज्ने सम्भावना कम छ । धवलले सन् २०२० को इन्डियन प्रिमियर लिगमा आफ्नो अन्तिम खेल खेलेका थिए । त्यसयता कुनै पनि टोलीले उनीमाथि विश्वास देखाएको छैन ।