२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपहाडिको बाटो नहुँदा भेरी कोरिडोर लाग्यो एमाले अभियान



अ+ अ-

जाजरकोट । मध्यपहाडी लोकमार्गको ५ सय मिटरमा बाटो नभएपछि एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ भेरी कोरिडोरतर्फ लागेको छ ।

२०७९/८०मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मध्यपहाडि ९पुष्पलाल० लोकमार्ग अन्तरगत छेडागाड नगरपालिका १२ को मन्ता भिरमा ५ सय मिटर ट्रयाक खोल्ने काम नसकिएपछि लोकमार्गको काम अवरुद्ध भएको छ ।

मध्यपहाडको अवस्था र विकासका संभावनाका बारेमा त्यस क्षेत्रका राजनीतिक दल, नागरिक अगुवा, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र सर्वसाधारणसँग छलफलका लागि शुरु गरिएको एमालेको संकल्प यात्रा बीचमा बाटो नभएपछि दैलेख सोमबार बिहान दैलेख सदरमुकाम दैलेख बजारदेखि लोकमार्ग छोडेको हो ।

हामीलाई मध्यपहआडि लोकमार्गबाटै जाने बाटो नजोडिएको हुनाले  बाध्य भएर बिचमा ट्रयाक परिवर्तन र्गाु परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

‘२०६४ सालदेखि शुरु भएको मध्यपहाडि (पुष्पलाल) लोकमार्ग अन्तरगत जाजरकोट मन्ता भिरमा ट्रयाक जोडिएको छैन । जाजरकोट कुदु र रुकुमपश्चिमको चौरजहारी जोड्ने पुल नहुँदा हामीले अर्को मार्ग प्रयोग गर्नुपर्ने अवस्था आयो’, उपमहासचिव रिमालले भन्नुभयो, वर्तमान गठबन्धनको सरकारले ५ सय मिटरको ट्रयाक पनि खोल्न नसक्दा र एक पुल निर्माण गर्न नसक्दा लोकमार्ग अधुरो भएको छ ।’

उहाँका अनुसार मध्यपहाडिको बाटो नजोडिएपछि नजिकको मार्गका रुपमा एमालेले भेरी कोरिडोरलाई उपयोग गरेको हो । बैतडीको झलाघाटबाट शुरु भएर दैलेखसम्म मध्यपहाडि लोकमार्गमै हिडेको एमाले अध्यक्ष नेतृत्वको अभियान टोली आज भेरी कोरिडोर हुँदै रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा जोडिने छ ।

लोकमार्ग शुरु भएपछि लामो समय प्रदेश र संघको सरकारमा रुकुम पश्चिम र जाजरकोटका नेताहरु सहभागि भएपनि सकड जोड्ने कामलाई प्राथमिकतामा नराख्दा लोकमार्ग पुरा हुन नसकेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले आरोप लगाउनु भयो ।

‘कुदुको पुल र मन्ता भिरको छोटो दुरीको काम नसकिँदा लोकमार्गबाट नागरिकले जुन रुपमा फाइदा लिनु पर्ने थियो त्यो लिन सकेका छैनन्’ आचार्यले थप्नुभयो, ‘निर्माणको जिम्मा लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभी ठेकेदार कम्पनीलाई तताउन वा सम्झौता रद्ध गर्नतर्फ सरकारका जिम्मेवार निकाय नलाग्दा ३ वर्षमा सकिने काम ५ वर्ष पुग्दा पनि पुरा हुन सकेन ।’

आर्थिक वर्ष २०६४/६५ बाट निर्माण सुरु भएको मध्यमहाडी लोकमार्ग आव २०७९/८० मा सक्ने लक्ष्य राखिएको थियो । दुई लेनको १८ सय ७९ किलोमिटरको सडक निर्माण गर्ने योजनाका साथ शुरु भएको मध्यपहाडि लोकमार्गको काम बिलम्ब भएपछि ओइटिङ गभरमेण्टका रुप्मा हेरिएको प्रतिपक्ष दल एमालेले मंसिर १४ गतेदेखि ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ शुरु गरेको छ ।

तीन वर्षमा काम सम्पवन्न गर्ने गरी निर्माणको जिम्मा लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभीले २०७७ सालमा कोरोनाको कारण देखाउँदै ढिला गरेको थियो । अहिले निर्माण सम्झौता अनुसार सामाग्री महंगो भएको बाहाना बनाएर अवरुद्ध भएको भिर फुटाउने काम रोकिएको हो ।