२७ श्रावण २०८३, बुधबार
,
Latest
ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको आदेशविरुद्ध विप्लवको न्यायाधीसको पुत्ला दहन सहितको बिरोध कार्यक्रम घोषणा



अ+ अ-

काठमाडौं । नेत्रचन्द्र विक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिवलगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुमाथि राज्यविरुद्धको कसुरमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन सोमबार सुचना जारी गरेको थियो । सो सुचना बिरुद्ध सो पार्टीे आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएको छ ।

कार्यक्रम अनुसार आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम रहेको छ ।

अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको थियो ।

“यो पक्राउ पूर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाई आफैँ उपस्थित हुनुहोला”, उक्त पक्राउ पुर्जीमा भनिएको छ, “तपाईहरुले म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुनेछ, पछि तपाईको उजुरबाजुर लाग्ने छैन ।”

अदालतको विसं २०८० मङ्सिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को ५८ ९१३० बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गर्न दिएको आदेशअनुसार सूचना प्रकाशित गरिएको बताइएको छ । विसं २०७६ असोज ९ गते निजहरुमाथि राज्यविरुद्धको मुद्दा दायर भएको थियो । निजहरुले सङ्घीय एकाइबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । प्रहरीले निजहरु फरार भएको भनेपछि अदालतले ३५ दिनभित्र पक्राउ पुर्जी जारी गर्न आदेश गरेको थियो ।

सोही आदेशअनुसार जिल्ला अदालत काठमाडौँ प्रशासन शाखाले आज उक्त सूचना जारी गरेको हो ।