२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी बबई डाइभर्सनको अवलोकनपछि ओली: गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन



अ+ अ-

काठमाडाै‌ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको छ ।

महाकाली—मेची अभियानका क्रममा मंगलवार बिहान उहाँले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको हो । अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताउनु भयो ।

उहाँले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशिघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो आयोजनाको ट्रनेलको ब्रेक थ्रु पनि हामीले जति कठिनाइ छ भन्ने ठानेको तर हाम्रो वैदिशक प्रविधि पनि भयो र वैदेशिक रेलिङ मेसिन पनि भयो । हाम्रा इन्जियिनर र हाम्रा काम गर्ने साथीहरु सबैको प्रयासबाट ट्रनेल ब्रेक थ्रु सयमा भयो । ३ वर्षअद्धि नै ट्रनेल ब्रेक थ्रु गरिएको हो । यो आयोजना कोभिड पनि ढिला गरेको हो । तर त्यो भन्दा बढी हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ । तर यसलाई गति दिनुपर्छ । जे होस् काम भइरहेको छ । यो सम्पन्न हुन्छ । यसको पनि प्रगति विवरणबारे जान्न चाहेका हौँ । यहाँको कामको गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन । यसमा एकदम राम्रोसँग काम अघि बढाउनुपर्छ । गुणस्तरमा कम्परमाइज गर्नु हुँदैन, यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, त्यसले ठूलो दुर्घटना निम्त्याउँछ । यथाशिघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् ।’

भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।