२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

इतिहासमा आज: नेल्सन मण्डेलाको निधन

इतिहासमा आज: नेल्सन मण्डेलाको निधन
नेल्सन मण्डेला
अ अ+ अ-

आज अर्थात् डिसेम्बर ५ तारिख । जातिभेदका विरुद्ध आजीवन संघर्ष गरेका दक्षिण अफ्रिकी महान नेता नेल्सन मण्डेलाको आजकै दिन अर्थात् डिसेम्बर ५, २०१३ का दिन निधन भएको थियो ।

विश्व शान्तिका लागि महत्वपूर्ण योगदान गरेबापत सन् १९९३ मा नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधन उनकै गृहनगरमा ९५ वर्षको उमेरमा भएको थियो । उनको जन्म जुलाई १८, १९१८ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित एमभेजोमा भएको थियो ।

गोराहरुको औपनिवेशिक दमन र दासताबाट दक्षिण अफ्रिकालाई शान्तिपूर्ण आन्दोलनबाट मुक्त गराएको मात्र नभई दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति (सन् १९९४ देखि १९९९ सम्म) का रुपमा मुलुकलाई नेतृत्व गर्नु भएको थियो ।
विद्रोही स्वभावका उनी सन् १९४४ मा अश्वेतहरुको पक्षमा आन्दोलनरत अफ्रिकन नेसनल कंग्रेस (एएनसी) मा आबद्ध भएका थिए, र उनी यस संगठनको युवा पंक्ति (युथ लिग) को नेतामा चुनिएका थिए ।

कानुन समेत पढेका उनी सानैदेखि तिक्ष्ण बौद्धिक क्षमताका थिए । त्यही कारण उनीमाथि दक्षिण अफ्रिकाका गोराहरुले सुरुदेखि नै निगरानी गर्न थालेका थिए । फलस्वरुप उनलाई १९५२ ताका घुमफिर गर्न, सभा समारोह आयोजना गर्न तथा सार्वजनिक मञ्चहरुमा भाषण गर्न प्रतिबन्ध लगाइएको थियो । सन् १९५६ मा त उनीसहित १०० भन्दा बढी युवालाई राज्यद्रोहको आरोपमा गिरफ्तार गरेर जेल हालियो । उनी पहिलो पटक सन् १९६१ मा जेलमुक्त भए ।

नेल्सन मण्डेला

सन् १९६० मा प्रहरीले अश्वेतमाथि गरेको बर्बर अत्याचार र हत्यापछि मण्डेलाले अहिंसात्मक आन्दोलन त्यागेर गोराहरु बिरुद्ध शसस्त्र आन्दोलन गर्ने घोषणा गरेका थिए । उनी भूमिगत भए । उनी सन् १९६२ मा गुरिल्ला युद्धकला सिक्न अल्जेरिया पनि पुगे । तर यही वर्षको अगस्ट ५ मा उनी नाटाल सहरबाट गिरफ्तार भए र पाँच वर्ष जेलमा परे ।

उनले जेलमै रहँदा एउटा लेख I Am Prepared to Die शीर्षकमा प्रकाशन गरे जसले विश्वका धेरैलाई घच्घच्याएको थियो । यही लेख प्रकाशन भएसँगै उनलाई जुन १२, १९६४ मा आजीवन कारावासको सजाय सुनाइयो, धन्न उनी मृत्युदण्डको मुखबाट जोगिए ।

सन् १९६४ देखि १९८२ सम्म उनी रोबेन टापुमा एकान्त जेलजीवन बिताउन बाध्य भए । त्यसपछि सन् १९८८ सम्म कडा सुरक्षाबीच अर्को जेलमा राखियो, तर उनी क्षयरोगबाट ग्रसित भएपछि पुन: अर्को जेलमा सारेर उपचार गरिएको थियो । यसबीच मण्डेलालाई जेलमुक्त हुन दक्षिण अफ्रिकी सरकारले अनेक शर्तहरु अघि सारे पनि उनले तिनीहरुलाई निरन्तर अस्वीकार गरेका थिए ।

उनी आजीवन कठोर कारावासमा रहे पनि दक्षिण अफ्रिकाका बहुसंख्यक कालाजातिले मण्डेलालाई आफ्ना प्रिय नेताका रुपमा स्वीकार गरिरहेका थिए, र उनीमाथिको स्वीकारोक्तिको त्यो लहर अझ बढ्दै गएको थियो, उनी झन लोकप्रिय हुँदै थिए । अन्तर्राष्ट्रिय समुदायले पनि मण्डेलाप्रति विशेष सहानुभूति राख्न थालेको थियो ।

उनी अन्तत: सन् १९९० फेब्रुअरी ११ तारिखका दिन जेलमुक्त भए । उनलाई जेलमुक्त गराउन तत्कालीन राष्ट्रपति फ्रेडरिक डी क्लार्कको पनि महत्वपूर्ण भूमिका रहेको थियो । जेलमुक्त भएसँगै उनी जुलाई १९९१ मा एएनसीको अध्यक्षमा चुनिए ।

नेल्सन मण्डेलाका साथ विश्व नेताहरू

मण्डेलाको पार्टी एएनसीले अप्रिल १९९४ मा सम्पन्न पहिलो स्वतन्त्र आमनिर्वाचनमा विजय प्राप्त गरेको थियो । र उनी मे १०, १९९४ मा दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति भए । उनले सन् १९९५ मा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरे जसले गोराहरुले गरेका दमन र मानव अधिकार हननको छानबिन गरी पीडितलाई न्याय दिने काम गरेको थियो । यस आयोगका कार्यलाई अझै पनि द्वन्द्वको शान्तिपूर्ण रुपान्तरणका लागि एक महत्वपूर्ण औजारका रुपमा स्मरण गर्ने गरिन्छ । उनकै कार्यकालमा सन् १९९६ मा दक्षिण अफ्रिकाले नयाँ संविधान प्राप्त गरेको थियो ।

उनी अर्को कार्यकालका रुपमा राष्ट्रपति हुन चाहेनन् । उनले नेतृत्व हस्तान्तरण गरिदिए । सन् १९९९ मा एएनसीकै अर्का नेता थाबो एम्बेकी राष्ट्रपतिमा चुनिए ।

राष्ट्रपति पदबाट विदा भए पनि उनी नेल्सन मण्डेला फाउन्डेसनका माध्यमबाट विश्वभर शान्तिको प्रबद्र्धन गर्ने तथा विभिन्न सामाजिक कार्यमा जुटि रहे । राष्ट्रसंघले समेत नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

उनले आफ्नो जीवनीलाई लिपिबद्ध पनि गरेका छन् । उनको Long Walk to Freedom निकै लोकप्रिय पुस्तक हो ।