२५ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा रहेका नेपाली कामदार बारे रास्वपाका सभापति लामिछाने के भने ?



अ+ अ-

काठमाडौं । मलेसियामा रहनुभएका रास्वपाका सभापति रवि लामिछानेले नेपाली राजदूत डिल्लीराज पौडेलसँग नेपाली कामदारले भोग्दै आएका समस्या र दूताबासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको छ ।

छलफलमा सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर संभव भएसम्म छिटो समाधान दिन अनुरोध गर्नुभएको थियो।

प्रतिउत्तरमा राजदूत पौडेलले सीमित स्रोत-साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको जानकारी दिनुभयो।

राजदूत पौडेलले सातामा एक दिन (शुक्रबार) फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एकपटक ुमोवाइल एम्बेसीु अभियान सञ्चालन भइरहेको पनि अवगत गराउनु भएको सहप्रवक्ता कबिद्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

https://www.facebook.com/newspolar/videos/6514808321957519/