२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा रहेका नेपाली कामदार बारे रास्वपाका सभापति लामिछाने के भने ?



अ+ अ-

काठमाडौं । मलेसियामा रहनुभएका रास्वपाका सभापति रवि लामिछानेले नेपाली राजदूत डिल्लीराज पौडेलसँग नेपाली कामदारले भोग्दै आएका समस्या र दूताबासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको छ ।

छलफलमा सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर संभव भएसम्म छिटो समाधान दिन अनुरोध गर्नुभएको थियो।

प्रतिउत्तरमा राजदूत पौडेलले सीमित स्रोत-साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको जानकारी दिनुभयो।

राजदूत पौडेलले सातामा एक दिन (शुक्रबार) फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एकपटक ुमोवाइल एम्बेसीु अभियान सञ्चालन भइरहेको पनि अवगत गराउनु भएको सहप्रवक्ता कबिद्र बुर्लाकोटीले जानकारी दिनुभयो ।