२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुट्टेनली जोगाउन पुस्तान्तरणको प्रयास



अ+ अ-

गलकोट । बागलुङको पहिचान रहेको बुट्टेनली जोगाउन १२ वर्षपछि पुस्तान्तरणको पहल थालिएको छ । दुई सय वर्ष पुरानो बुट्टेनली संरक्षण तथा पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई यसको महत्त्व जगाउन सीप प्रदान गर्न थालिएको हो ।

निगालोलाई कुँदेर तयार पारिने बुट्टेनलीप्रति युवा पुस्ताको चासो नहुँदा बागलुङको पहिचानसँग जोडिएको कला लोप हुन थालेको स्थानीय बुढापाका बताउँछन् । यसको संरक्षण गर्ने उद्देश्यले युवा तथा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने सीप प्रदान गर्न थालिएको जिल्लास्थित हस्तकला सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष ज्योती श्रेष्ठका अनुसार बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयुर, फूल, दृश्य, पौराणिककालदेखि आधुनिककालसम्मका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुँदेर तयार पारिएको बाँसलाई बुट्टेनलीको रूपमा लिइँदै आइएको छ । बुट्टेनली कुँद्ने कलाकारकोसमेत बागलुङमा अभाव रहेको उहाँको भनाइ थियो ।

पछिल्लो समय बागलुङ बजारका नेवार समुदायको एक जनासँग मात्रै उक्त सीप रहेको भन्दै युवापुस्तामा लैजनाका लागि १२ वर्षपछि विद्यार्थीलाई तालिम दिन थालिएको श्रेष्ठले जानकारी दिनुभयो । निकै खर्चिलो र निगालो बाँसको समेत अभाव हुने भएकाले मायाको चिनोस्वरुप प्रदान गर्ने बुट्टेनली हराउन थालेको भन्दै हस्तकला सङ्घले यहाँका २० विद्यार्थीलाई २० दिने तालिम दिन थालिएको उहाँको भनाइ थियो ।

श्रेष्ठका अनुसार बागलुङमा बुट्टेनली निर्माण गर्न जान्ने एक मात्र बसन्तजङग राजभण्डारीले विद्यार्थीलाई २० दिनसम्म तालिम दिनुहुनेछ । “हस्तकला महासङ्घको सहयोगमा विद्यार्थीलाई तालिम दिन थालिएको हो । उनीहरुले तालिम पश्चात सीप पुस्तान्तरण हुने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो, “सीप हस्तान्तरण नुहँदा एक जनाको भरमा बुट्टेनलीको जगेर्ना हुँदैन । यसको संरक्षणका लागि विशेष गरी युवा पुस्ताले सीप सिक्न जरुरी छ ।”

बुट्टेनली निर्माण तालिममा जिल्लास्थित विद्यामन्दिर माध्यामिक, कालीगण्डकी आवसीय माध्यामिक र कालिका कन्या माध्यामिक विद्यालयका २० विद्यार्थीलाई सहभागी गराइएको छ ।

बागलुङ जिल्लाको पहिचानमध्येको एक बुट्टेनली पाल्पाको ढाका टोपी भनेजस्तै भए पनि लोप हुन थालेपछि १२ वर्षपछि तालिम दिन थालिएको हस्तकला सङ्घका संरक्षण तथा साहित्यकार प्राज्ञ प्रेम छोटाले बताउनुभयो । उहाँले १२ वर्षअघि बागलुङ उद्योग वाणिज्य सङ्घ र हस्तकला सङ्घले बुट्टेनली निर्माण गर्ने तालिम दिएको स्मरण गर्दै अहिले आएर पुन: तालिम दिन थालिएको जानकारी दिनुभयो । तालिममार्फत बुट्टेनली निर्माण कार्यलाई व्यावसायीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बागलुङ भित्रिने पाहुँनाले बुट्टेनलीका बारेमा चासो राखेर खरिद गर्न खोजेपनि पाइनै छोडेपछि यसको उत्पादन गर्न तालिम दिन थालिएको हो । संस्कृति र परम्परागत हिसाबले महत्त्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली यहाँको पहिचानका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रख्यात रहे पनि पुस्ता हस्तान्तरण नहुँदा दुई सय वर्ष पुरानो कला लोप हुने अवस्थामा पुगेको हो ।

बुट्टेनली बनाउन स्थानीय युवा र अन्य व्यक्ति आकर्षित नहुनु, कच्चापदार्थको अभावलगायतका कारणले लोप हुन थालेको स्थानीय अगुवा बताउँछन् । बुट्टेनली बनाउने कला कौशल भएका बागलुङ बजारका वसन्तजङ राजभण्डारीले विद्यार्थीलाई तालिम दिन थाल्नुभएको छ ।

अन्य मानिसले सीप सिक्न नदिँदा बुट्टेनली लोप हुन थालेको भन्दै कला संरक्षणका लागि यसवालाई तालिम दिन थालिएको उहाँको भनाइ थियो । “बुट्टेनली जोगाउन स्थानीय सरकार नै लाग्नु पर्दछ । नभए बागलुङको पहिचान लोप भएर जान्छ”, राजभण्डारीले भन्नुभयो, “तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर यसको निर्माण गरी स्थानीय सरकारले बजारीकरणको जिम्मा लिए कलाको संरक्षणका साथै आयआर्जन समेत हुने थियो ।” एउटा बुट्टेनली बनाउन चारदेखि पाँच दिनसम्म समय लाग्ने गरेकाले निकै खर्चिलो रहेको उहाँको भनाइ थियो । रासस




भर्खरै