• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी घाइते हुँदा स्ट्रेचर नभएपछि बोकेर लगियो (भिडियोसहित)



एजेन्सी । पाकिस्तान क्रिकेट सधैं कुनै न कुनै कारणले चर्चामा रहने गर्छ । कहिले मैदानमा बत्ती नहुँदा त कहिले खेलाडीले उपचार नपाएका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को चर्को अपमान हुन्छ ।

हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा पाकिस्तानका स्टार अलराउन्डर शादाब खान नेशनल टी–२० कपको खेलमा घाइते भएका थिए, त्यसपछि उनलाई मैदानबाट बाहिर लैजान स्ट्रेचर उपलब्ध थिएन ।

शादाबलाई साथी खेलाडीले पिठ्युँमा उठाएर मैदानबाट बाहिर निकालेका थिए । यस्तो अवस्थामा पीसीबी प्रणालीको फेरि एकपटक मजाक भएको छ ।

आइतवार कराँचीमा सिलाकोट र रावलपिंडीबीच राष्ट्रिय टी–२० कपको खेल खेलिएको थियो, जसमा रावलपिंडीका कप्तान शादाब खान फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए । शादाब खानलाई हिँड्न गाह्रो भइरहेको थियो ।

यस्तो अवस्थामा मैदानमा स्ट्रेचर बोलाइयो तर स्टेडियममा स्ट्रेचर उपलब्ध थिएन । यसपछि साथी खेलाडीले शादाबलाई पिठ्युँमा बोकेर मैदान बाहिर लगे । यसको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ, जसमा पीसीबीको खिल्ली उडाइएको छ ।