• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

वैवाहिक बन्धनमा बाँधिइन् राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना



काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगर वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

अञ्जनाले भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी हुन् । अन्जना हाल नेपाली टोलीको दोस्रो रोजाईकी गोलरक्षक हुन् ।

उमेर समूहको टोलीको कप्तानी गरिसकेकी अन्जना १४ वर्षको उमेरदेखि सिनियर टोलीमा नियमित सदस्य रहँदै आएकी छिन् ।

उनले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।