३ मंसिर २०८१, सोमबार
,
Latest
प्रकाश भुजेलले मृतकको परिवारलाई ५२ लाख दिने सहमति सडकको पहुँचले मलैबासीलाई सहज मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुंगानाकाे अन्त्येष्टि गर्ने सरकारको निर्णय, आज सार्वजनिक बिदा चिनियाँ कार्डबारे एमालेको वक्तव्यप्रति प्रचण्डको टिप्पणी– ‘खुदा पहाड, निक्ला चुहा’ पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा पूर्वसभामुख ढुंगानाको आज अन्त्येष्टि गरिँदै, मन्त्रिपरिषद् बैठक बस्दै रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी, पोखराबाट ल्याउने तयारी कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय वायुसेनाको विमान दुर्घटना: दुईजना पाइलटको मृत्यु



अ+ अ-

मेडक । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ ।

दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् ।

एसपी रोहिणीले दिएको जानकारी अनुसार ‘यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमानभित्र दुई जना सवार थिए, तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन्। दमकलले आगो निभाइरहेको छ।’

दुर्घटनाबारे अनुसन्धान जारी छ ।