४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारबिरुद्ध कलम चलाउने पत्रकारलाई ५० हजार राशिको पुरस्कार घोषणा



अ+ अ-

काठमाडौँ । भ्रष्टाचार बिरुद्ध कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ धनराशीको पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखामा सो राशीको पुरस्कार स्थापना गर्न लागिएको हो । भ्रष्टाचारकै कारण देश विकसित हुन नसकेको अवस्थालाई मध्यनजर गरी अक्षयकोषसहित पुरस्कार स्थापनाबारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आईतवार काठमाडौंस्थित पत्रकार महासंघमा सम्झौता भएको हो ।

पुरस्कार झापाका एक जना भ्रष्टाचारबिरुद्ध कलम चलाउने पत्रकारले पाउनुहुनेछ । सम्झौताअनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिनेछ । सम्झौतामा फाउण्डेशनको तर्फबाट अध्यक्ष हेम पाठक र पत्रकार महासंघका तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गर्नुभयो । सम्झौतापछि कुरा गर्दै अध्यक्ष गिरीले भ्रष्टाचारबिरुद्ध, सुशासन प्रवद्र्धन गर्नका निम्ति कलम चलाउने झापाका एक जना सञ्चारकर्मीलाई पुरस्कृति गर्नका निम्ति पुरस्का स्थापना गरिएको बताउनु भयो । उहाँले ५० हजार ५ सय ५५ राशिको पुरस्कार हरेक वर्ष वितरण गरिने बताउनु भयो । उहाँले पत्रकार महासंघ झापामार्फत वितरण गरिने पुरस्कारको अक्षयकोषका लागि हेम सरिता फाउण्डेशनले एकमुष्ट रुपमा ५ लाख रुपैयाँ प्रदान गर्ने र ५ लाख रुपैयाँको ब्याजबाट पुरस्कार वितरण गर्ने बताउनु भयो ।

कार्यक्रममा हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिकाका अध्यक्ष हेम पाठकले आजको सम्झौता नयाँ काम र नयाँ शुरुवात नभइ २०१० मा स्थापना गरिएको पुरस्कार पुन: शुरु गरिएको बताउनु भयो । उहाँले २०१० मा स्थापना गरेको पुरस्कारको निरन्तरतालाई झापाबाटै निर्णय गर्नेगरी पुरस्कार प्रदान गरिने बताउनु भयो ।

उहाँले यस वर्षदेखि पुरस्कार वितरण गर्नुभन्दा पहिला विज्ञापन, निवेदन आह्वान गरी पुष्टि हुनेगरी डकुमेण्ट पेस गरेपछि मात्रै पुरस्कृत हुने व्यक्ति चयन गर्नुपर्ने सम्झौता राखेको बताउनु भयो ।