१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा प्रहरी वृत्त स्वयम्भूको सक्रियता

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा प्रहरी वृत्त स्वयम्भूको सक्रियता
अ अ+ अ-

काठमाण्डौ । गृह मन्त्रालयले मातहतका सुरक्षा निकायलाई निर्देशन दिएपछि काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतका जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त हुँदै सामुदायिक प्रहरी सेवाको टोली लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा जुटेको छ ।

सो दिवस मंसीर ९ देखि शुरु भएको हो । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा सहित विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउने सन्दर्भमा प्रहरी वृत्त स्वयम्भूले बिभिन्न संस्थाको सहकार्यमा सन्देशमुलक सामाग्रीसहित वृहत् जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेको छ ।

वडाभित्र रहेका आमा समुह ऽ टोलसुधार समिति, व्यवसायीक र सामाजिक संघसंस्था, विद्यालय, कलेजलगायतको सहकार्यमा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  वृहत् जनचेतनामूलक कार्यक्रम गरेको छ ।

 

जनचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी परिसर टेकु,काठमाण्डौँका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भूपेन्द्र बहादुर खत्री ,वृत्तका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक पुर्णिमा कुमारी चन्द लगायतले लैङ्गिक हिंसा विरुद्ध सबै सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो ।

अभियान अन्तरगत नागार्जुन नगरपालिका वडा नम्बर ०२ सानो भर्याङ स्थित एन आई सी एकेडेमीमा कक्षा ८,९ र १० मा अध्ययनरत बिद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरुलाई लैङ्गिक हिंसा, साईबर अपराध र लागुऔषध दुर्व्यसन लगायत बिषयमा जानकारी गराईएको थियो ।

यसैगरी नागार्जुन नगरपालिका वडा नम्बर ०२ गैह्रिगाँउ स्थित बिभिन्न आमा समुहका महिलाहरुलाई लैङ्गिक हिंसा सम्बन्धी सचेतामुलक कार्यक्रम गरेको छ । यसैगरी नागार्जुन नगरपालिका वडा नम्बर ०५ थापाचोक, कामनपा वडा नम्बर १५ स्वयम्भु स्थित भुँईखेल चौर मा प्रहरी वृत स्वयम्भु , वडा कार्यालय र सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको संयुक्त आयोजनामा लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान कार्यक्रममा गरेको छ ।

यसैगरी नागार्जुन नगरपालिका वडा नम्बर ७ रामकोट , डल्लु आवास स्थित गितामाता माध्यमिक बिद्यालय ,नागार्जुन नगरपालिका वडा नं ८ भीमढुङ्गा स्वास्थ्य चौकीमा  पनि अभियान अन्तरगत कार्यक्रम गरेको बृत्तले जनाएको छ ।

 

अभियान अन्तरगत भएका कार्यक्रममा वृत्तका कार्यालय प्रमुख पुर्णिमा कुमारी चन्दले लैङ्गिक हिंसा, साईबर अपराध र लागुऔषध दुर्व्यसन लगायतका बिषयहरुमा जानकारी गराउनु भएको थियो ।