७ जेष्ठ २०८२, बुधबार
,
Latest
गौरवको आयोजना छ वर्षदेखि अलपत्र ‘हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार काठमाडौं प्रहरी परिसरबाटै थुनुवा फरार भएपछि… माओवादी लक्षित एमाले सांसदको कटाक्षः एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ विशाल कार्यः पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि उत्कृष्ट ‘ढुकुर जोडी’लाई सम्मान गर्दै सुन्दरहरैँचा नगरपालिका सम्पती शुद्धीकरणको मामिलाः नेपालमा शंकास्पद कारोवार तथा गतिविधि झनै बढ्यो पाँच सय र एक हजारका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नरको पहिलो निर्णय सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’ ‘गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै शान्त भयो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा प्रहरी वृत्त स्वयम्भूको सक्रियता



अ+ अ-

काठमाण्डौ । गृह मन्त्रालयले मातहतका सुरक्षा निकायलाई निर्देशन दिएपछि काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतका जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त हुँदै सामुदायिक प्रहरी सेवाको टोली लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा जुटेको छ ।

सो दिवस मंसीर ९ देखि शुरु भएको हो । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा सहित विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउने सन्दर्भमा प्रहरी वृत्त स्वयम्भूले बिभिन्न संस्थाको सहकार्यमा सन्देशमुलक सामाग्रीसहित वृहत् जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेको छ ।

वडाभित्र रहेका आमा समुह ऽ टोलसुधार समिति, व्यवसायीक र सामाजिक संघसंस्था, विद्यालय, कलेजलगायतको सहकार्यमा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  वृहत् जनचेतनामूलक कार्यक्रम गरेको छ ।

 

जनचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी परिसर टेकु,काठमाण्डौँका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भूपेन्द्र बहादुर खत्री ,वृत्तका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक पुर्णिमा कुमारी चन्द लगायतले लैङ्गिक हिंसा विरुद्ध सबै सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो ।

अभियान अन्तरगत नागार्जुन नगरपालिका वडा नम्बर ०२ सानो भर्याङ स्थित एन आई सी एकेडेमीमा कक्षा ८,९ र १० मा अध्ययनरत बिद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरुलाई लैङ्गिक हिंसा, साईबर अपराध र लागुऔषध दुर्व्यसन लगायत बिषयमा जानकारी गराईएको थियो ।

यसैगरी नागार्जुन नगरपालिका वडा नम्बर ०२ गैह्रिगाँउ स्थित बिभिन्न आमा समुहका महिलाहरुलाई लैङ्गिक हिंसा सम्बन्धी सचेतामुलक कार्यक्रम गरेको छ । यसैगरी नागार्जुन नगरपालिका वडा नम्बर ०५ थापाचोक, कामनपा वडा नम्बर १५ स्वयम्भु स्थित भुँईखेल चौर मा प्रहरी वृत स्वयम्भु , वडा कार्यालय र सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको संयुक्त आयोजनामा लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान कार्यक्रममा गरेको छ ।

यसैगरी नागार्जुन नगरपालिका वडा नम्बर ७ रामकोट , डल्लु आवास स्थित गितामाता माध्यमिक बिद्यालय ,नागार्जुन नगरपालिका वडा नं ८ भीमढुङ्गा स्वास्थ्य चौकीमा  पनि अभियान अन्तरगत कार्यक्रम गरेको बृत्तले जनाएको छ ।

 

अभियान अन्तरगत भएका कार्यक्रममा वृत्तका कार्यालय प्रमुख पुर्णिमा कुमारी चन्दले लैङ्गिक हिंसा, साईबर अपराध र लागुऔषध दुर्व्यसन लगायतका बिषयहरुमा जानकारी गराउनु भएको थियो ।