२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएलमा स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)फुटबलमा आज आइतबार स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीले प्रतिस्पर्धा गर्दैछन् ।

दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ । यसअघि दुई खेलमा हार ब्यहोरेको बुटवल लुम्बिनी पहिलो जितको खोजीमा छ ।

बुटवल लुम्बिनी पहिलो खेलमा एफसी चितवनसँग २–० गोलले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १–० गोलले पराजित भएको थियो ।

यस्तै, इलामले भने एक खेलमा जित तथा एक खेलमा पराजितको नतिजा निकालेको थियो । इलाम पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० गोलले पराजित हुँदा दोस्रो खेलमा झापाविरुद्ध १–० को जित हासिल गरेको थियो ।

इलाम ३ अंकका साथ छैटौं स्थानमा छ भने बुटवल लुम्बिनी अंकविहिन रहँदै पुछारमा छ ।