२४ श्रावण २०८३, आईतवार
,
Latest
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन… प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकारी प्रमुखको बर्खास्ती माग गर्दै वायुसेवा निगमका कर्मचारी आन्दोलनमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीहरुले आन्दोलन सुरू गरेका छन् । निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्तीको ९ वटा कारण राखेर आफूहरूले आन्दोलन सुरु गरेको निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए । उनीहरुले निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् ।

वर्षौंदेखि सञ्चालनमा नरेहको ट्वीनअटर जहाज, पाँच थान चिनियाँ जहाज र त्यसका करोडौं मूल्यका पार्टपूर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीले ध्यानाकर्षण गराएका छन् ।