६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकारी प्रमुखको बर्खास्ती माग गर्दै वायुसेवा निगमका कर्मचारी आन्दोलनमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीहरुले आन्दोलन सुरू गरेका छन् । निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्तीको ९ वटा कारण राखेर आफूहरूले आन्दोलन सुरु गरेको निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए । उनीहरुले निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् ।

वर्षौंदेखि सञ्चालनमा नरेहको ट्वीनअटर जहाज, पाँच थान चिनियाँ जहाज र त्यसका करोडौं मूल्यका पार्टपूर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीले ध्यानाकर्षण गराएका छन् ।