• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo

रणवीर कपुरको फिल्म ‘एनिमल’ रिलिजको पहिलो दिनमै अनलाइनमा लिक



एजेन्सी । रणवीर कपूरको फिल्म एनिमलले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । बक्स अफिसमा यसको फाइदा निर्माताहरुले देखिरहेका छन् । एकातिर फिल्मले पहिलो दिनमै कमाईको रेकर्ड तोडेको छ ।

अर्कोतर्फ, एनिमल रिलिज भएको २४ घण्टाभित्रै अनलाइनमा लिक भएको छ । एनिमलको अनलाइन लीकले सन्दीप रेड्डी वांगा निर्देशित फिल्मको व्यापारलाई ठूलो धक्का पुर्‍याउन सक्छ ।

मिडिया रिपोर्टका अनुसार रणवीर कपूरको बहुचर्चित फिल्म एनिमल टेलिग्रामलगायत टोरेन्ट साइटहरूमा लीक भएको छ । फिल्मका धेरै क्लिपहरू सोसल मिडिया प्लेटफर्ममा पनि सेयर भइरहेका छन् ।

यस्तो अवस्थामा एनिमलको व्यवसायमा ठूलो असर पर्न सक्छ । यो पनि भनिएको छ कि एनिमल मात्र होइन, विक्की कौशलको साम बहादुर पनि रिलिजको पहिलो दिनमै अनलाइन लिक भएको छ । यद्यपी दुबै फिल्म लीक भएको खबरमा निर्माण पक्षबाट कुनै आधिकारिक पुष्टि वा बयान आएको छैन ।