• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

लामा वाङचुक राप्तेनलाई ‘काइन्डनेस एण्ड लिडरसिप’ अवार्ड



काठमाडौँ । उत्तरी गोरखा स्थित छेकम्पारका वाङचुक राप्तेन लामा ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् ।

वुमेन अफ द फ्यूचर नामक संस्थाले सिंगारपुरमा एक कार्यक्रम गरी मंगलवार लामालाई सम्मान गरेको हो ।

किमोलुङ फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष समेत रहेका लामा सामाजिक क्षेत्र अन्तरगत छनौट भइ सम्मानित भएका हुन् । उक्त कार्यक्रममा उनी सहित सामाजिक कार्यमा संलग्न हुदै आएका अन्य ५० जना पनि सम्मानित भएका छन् । यस संस्थाबाट सम्मानित हुने लामा नेपालको पहिलो व्यक्ति हुन् ।

उत्तरी गोरखाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै लामालाई सम्मान गरिएको संस्थाले जनाएको छ । लामाले उत्तरी गोरखाका दुर्गम क्षेत्रहरुमा निशुल्क रुपमा स्वास्थ्य शिविर संचालन गर्नुका साथै बर्थिङ सेन्टर स्थापना लगायतका कार्यहरुमा सहयोग गर्दै आएका छन् ।

सन् २०१८ बाट संस्थाले विश्वमा सामाजिक, आर्थिक र व्यापारिक क्षेत्रबाट समाजलाई योगदान पुर्‍यfउदै आएका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।