२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपको उपाधि मधेशलाई, आर्मी ११ रनले पराजित



अ+ अ-

काठमाडौं । केपी ओली कप टि२० प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । राष्ट्रिय क्रिकेट टोलीबाट खेलेका १० खेलाडी प्लेइङ ११ मा भएको त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि उचालेको हो ।

जितको लागि १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन मात्र बनायो ।

आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाउँदा विवेक यादव २५ र सोमपाल कामी १६ रनमा अविजित रहे । ओपनर सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।

बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए ।प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो ।

मधेशको लागि युवा अलराउन्डर विशाल पटेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनी ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाएर नट आउट रहे । ओपनर हरिशंकर शाह २७, अनिलकुमार शाह ६, इमरान शेख ८, पवन सरार्फ ९, मयन यादव ३, हिमान्शु दत्त १४ र विशाल शुश्लिङ १० रनमा आउट भए ।

आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै, विवेक यादवले ३ विकेट लिँदा सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।

उपाधिसँगै मधेसले नगद ५ लाख हात जितेको छ । उपविजेता आर्मीले २ लाख ५० हजार पाउने भएको छ ।