२२ बैशाख २०८२, सोमबार
May 5, 2025 Monday
Latest
प्रधानमन्त्री ओलीसँग देउवाको दुई घण्टा छलफल, के भयो कुरा ? अख्तियारको आँखा माधवकुमार नेपालतिर, बयान लिएर छाडियो ! नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिन सांसदहरूको आग्रह प्रधानन्यायाधीश राउत नेतृत्वको बेलायत भ्रमण महत्त्वपूर्ण महानगर निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहान्छ-बालेन ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु, एक घाइते रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’ भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँः मन्त्री पौडेल प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस नीति तथा कार्यक्रम सकारात्मक- डा प्रकाशशरण मह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति जहाजबाट उपत्यका हेर्दा जुन शहर उज्यालो हुन्छ त्यही हो ललितपुर: चिरिबाबु महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्युनिकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने भएको छ ।

बिहीवार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबिघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिन भित्र बत्ती बाल्नको लागि टेण्डर आह्वान गर्ने बताउनुभएको हो ।

उहाँले उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने कुराको अन्त्य गर्न महानगर लागिपरेको बताउनु भयो । उहाँले महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने बताउनु भयो । मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्याइएको बताउनु भयो । उहाँले दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो रिङ रोडमा धेरै दुर्घटना परिघटना भइरहेका छन् । तर त्यसको मुख्यकुरा भनेको बत्ती नबलेर नै हो । कुसुन्तीमा अहिलेसम्ममा २४ जना मान्छे अकालमै मृत्यु भयो, धोबिघाट कीर्तिपुर जोन बाटोमा ३४ जनाको अकालमा मृत्यु भयो । तर ती घटनाहरु भइरहँदा प्राय: रात्रिकालीन बत्ती नभएको कारणले नै हो । हामीले त्यहाँ बत्ती बाल्नको निमित्त १० दिन भित्रमा टेण्डर छाप्दैछौँ । त्यसपछि ललितपुर महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बल्छ । बत्ती बलेपछि बत्ती नभएको कारणले दुर्घटना नहोस् भन्ने हो । यही वर्ष पनि हामीले ३ करोड रुपैयाँ बत्तीका लागि स्मार्ट सिटी लाइटका लागि राखेका छौँ । १ करोड २० लाख विद्युत प्राधिकरणको हुन्छ, गर्दा ४ करोड २० लाख बत्तीका लागि राखेका छौँ । गएको वर्षको टेण्डर त बाँकी नै छ । तसर्थ यी दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुनेछ । रात्रीकालीन अवस्थामा प्लेनमा चढेर उज्यालो काठमाडौं भ्यालीमा देख्नुभयो भने त्यो ललतिपुर महानगरपालिका हो । जुन शहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगर हुनेछ ।’

मेयर महर्जनले रात्रीकालीन अवस्थामा जहाजमा चढेर काठमाडौं उपत्यका हेर्दा उज्यालो देखिने शहर ललितपुर हुने बताउनु भयो । महानगरले दोस्रो चरणमा १४ सय थान सडक बत्तीमध्ये सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्तकुना भैंसेपाटीदेखि चुनिखेलसम्म, बुङमती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म १४ सय थान लाइट जडान गरेको हो । महानगरले पहिलो चरणमा ६६९ थान सडक बत्ती जडान भएको थियो ।